१० भदौ २०८३, बुधबार | August 27, 2026

केपी ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ।

शनिबार बिहान मात्र पक्राउ परेका ओलीलाई अस्पतालको ‘एनेक्स वान’ भवनस्थित ५०१ नम्बर बेडमा राखिएको छ।

भक्तपुरस्थित निवासबाट पक्राउ परेपछि काठमाडौं प्रहरी परिसर ल्याइएका उनलाई प्रारम्भिक स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल लगिएको थियो। त्यसपछि आकस्मिक कक्षको रेड जोनमा राखेर रगत परीक्षण, भिडियो एक्स–रे लगायतका विभिन्न स्वास्थ्य जाँच गरिएको थियो।

उक्त परीक्षणहरू सम्पन्न भएपछि चिकित्सकको सिफारिसअनुसार ओलीलाई एनेक्स वान भवनको ५०१ नम्बर बेडमा भर्ना गरिएको अस्पताल प्रशासनले जनाएको छ। सो भवनमा लैजाँदा उनलाई गाडीमार्फत सारिएको थियो।

ओली मिर्गौला प्रत्यारोपण गराइसकेका बिरामी भएकाले स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै आवश्यक रगत परीक्षण, भिडियो एक्स–रे लगायतका जाँचपछि भर्ना गरिएको अस्पताल प्रशासनले जनाएको छ।

यसैबीच, ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई भोलि आइतबार अदालतमा उपस्थित गराउने तयारी गरिएको छ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  १० : ४३ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट