१९ आश्विन २०८३, सोमबार | October 5, 2026

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार सर्वोच्चमा सुनुवाइ



काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सोमबार सर्वोच्च अदालतमामा सुनवाइ हुने भएको छ।

ओलीलाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा आइतबार रिट दायर गरेकी थिइन्। सोही रिटलाई सर्वोच्च प्रशानले दर्ता गर्दै सोमबार सुनुवाइ तय गरिएको हो।

सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भन्दै ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिजो बिहान पक्राउ गरेको थियो । लेखकको श्रीमती यशोदा लेखकले पनि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी छन् । यो रिटमाथि पनि भोलि नै सुनुवाइ हुनेछ ।

जिल्ला सरकारी वकिलको कार्यालयले भने ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्नकालागि जिल्ला अदालतमा म्याद थपका लागि दुवै जनालाई उपस्थित गराएको छ । ओलीको स्वास्थ्यअवस्था खराब भएका कारण उनलाई टिचिङ अस्पतालबाटै भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराइएको हो ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ४ : २४ बजे

असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङो पहिलो विदेश भ्रमण भारत हुने

नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : प्रा. मोहपात्रा

काठमाडौं । भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण

रोकिएन सेयर बजारमा पहिरो, नेप्सेसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार राताम्मै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित

झलनाथले छाडे नेकपा, हरिबोलको साथमा खोले ‘समाजवादी जागरण अभियान’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता झलनाथ खनालले नेकपा