२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ



गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ जना स्पा सञ्चालकलाई आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका-६ लेकसाइड बस्ने ४७ वर्षीय होमबहादुर बुढाथोकी, सोही स्थानका २४ वर्षीया जेनिशा श्रेष्ठ सुनार, २३ वर्षीया शर्मिला परियार, ४२ वर्षीय सुरेश विक, २७ वर्षीय जीवन श्रेष्ठ, ३० वर्षीया अप्रिना खातुन, ४४ वर्षीय राजु थापामगर र पोखरा-१७ का २८ वर्षीय सरोज सुनार रहेको कार्यालयले जनाएको छ ।

मापदण्ड विपरीत स्पा सेन्टर चलाएको, बालिकाहरूलाई कामदार बनाएको र स्पा सेन्टरभित्र अवान्छित क्रियाकलाप गर्नेरगराउने गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

स्पा सेन्टरबाट उद्धार गरिएका बालिकाहरूलाई परिवार र आफन्तको जिम्मा लगाइएको उनको भनाइ छ । पक्राउ परेकामाथि अनुसन्धान अगाडि बढाएको जनाइएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ५ : ४३ बजे

बागमती किनारका सुकुम्बासी हटाउँदा कमजोरी भएको स्वीकार्दै गृहमन्त्री गुरुङद्वारा माफी

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले बागमती नदी किनारमा रहेका सुकुम्बासी

इराकस्थित अमेरिकी दूतावासद्वारा इराकमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह

बगदाद । इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा

प्रहरी हवल्दारमाथि धारिलो हतियार प्रहार

नेपालगन्ज । विद्यालयको जग्गा अतिक्रमण हटाउन गएको टोलिका एक प्रहरी

प्रधानमन्त्रीको सीमासम्बन्धी धारणा ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले यही जेठ

करको दर हेरफेर ‘राजद्रोह सरह’ हो : निश्कल राई

काठमाडौँ । नेपाली कांग्रेसका सांसद निश्कल राईले आर्थिक विधेयकमा करका