२६ असार २०८३, शुक्रबार | July 10, 2026

एमाले संसदीय दलको नेतामा रामबहादुर थापा चयन



काठमाडौं । नेकपा एमाले संसदीय दल नेता रामबहादुर थापा चयन भएका छन् ।

बुधबार च्यासलमा बसेको संसदीय दल बैठमा नेता थापा निर्विरोध निर्वाचित भएका हुन् ।

संसदीय दलको नेतामा थापा बाहेक सुहाङ नेम्वाङले पनि दाबी गरेपछि चयनप्रक्रिया लम्बिएको थियो । सहमति हुननसकेपछि निर्वाचनकै मुखमा पुग्दा नेम्वाङले प्रस्ताव र समर्थक सदस्य नै नपाएपछि थापा निर्विरोध चयन हुन सफल भए ।

थापा र नेम्वाङले नेता चयनको मनोनयन फाराम लगेपनि थापाले मात्र बुझाउन सकेका थिए । मनोनयन फाराम अपरान्ह ४ बजेसम्म बुझाउने समय थियो । त्यसपछि थापा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो ।

यसअघि नेम्वाङले संसदीय दलको नेतृत्व युवालेले गर्नुपर्ने धारणा राख्दै आफु दलको नेता बन्न इच्छुक रहेको बताएका थिए । अर्का सांसद राजेन्द्र राईले पनि केही बेरसम्म दलको नेता बन्ने दाबी गरेका थिए ।

तर पछि नेम्वाङलाई समर्थन गर्नेगरी राई फिर्ता भएका थिए । तर अन्त्यमा राईले समेत नेम्वाङलाई समर्थन गरेनन ।

दलको नेता निर्वाचित थापा पूर्व माओवादी नेता हुन् । सर्वोच्च अदालतले नेकपा विघटन गरेपछि उनी केपी ओलीलाई साथ दिँदै एमालेमा बसेका थिए । थापा हाल एमालेको वरिष्ठ उपाध्यक्ष हुन् ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ४ : ३९ बजे

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को

‘कालो चस्मा खोल्ने बेला आयो’ : गणेश नेपाली प्रकरणमा प्रधानमन्त्रीमाथि कांग्रेसको कडा प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आत्मदाह गरेका मुगुका

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

नेपालगन्ज । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा

माकलबारीमा अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी