१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए



पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू हटाउन डोजर चलाइएको छ।

गृह मन्त्रालयको निर्देशनपछि शनिबार बिहानै डोजर चलाइएको हो । यस क्रममा चर्चित पर्यटन व्यवसायी कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्टमा रहेका स्वीमिङ पुल, गेट र पर्खालसमेत भत्काइएको छ।

प्रहरीका अनुसार संरचना हटाउने कार्य बिहान साढे चार बजेदेखि सुरु गरिएको थियो। त्यसका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

केही दिनअघि प्रधानमन्त्री र पोखरा महानगरपालिकाका मेयरबीच फेवाताल क्षेत्रको अतिक्रमण र व्यवस्थापनबारे छलफल भएको बताइएको छ। सोही विषयलाई लिएर काठमाडौंबाट मध्यरातमा निर्देशन आएपछि आवश्यक प्रक्रिया अघि बढाइएको जनाइएको छ।

निर्देशन प्राप्त भएपछि प्रहरीले तत्काल पोखरा महानगरपालिकासँग समन्वय गर्दै कारबाही प्रक्रिया सुरु गरेको थियो। संरचना हटाउने क्रममा कुनै ठूलो अवरोध नदेखिए पनि केही स्थानीयले सामान्य असहमति जनाएका थिए।

फेवातालको किनारमा मापदण्डविपरीत निर्माण गरिएका संरचनाहरू हटाएर क्षेत्रको संरक्षण र व्यवस्थापन गर्ने उद्देश्यले यो कदम चालिएको जनाइएको छ।

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  ९ : ३३ बजे

माथिल्लो सिद्धबाबामा बसको ठक्करबाट गुल्मीकी माँया कुँवरको मृत्यु, एकजना घाइते

बुटवल । पाल्पाको माथिल्लो सिद्दबाबा स्थित सिद्दार्थ राजमार्गमा भएको सवारी

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौँ । दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

अर्थमन्त्री वाग्लेमाथि खनिए अभिनेता राजेश हमाल, भारतको चाकडी गरेको आरोप

काठमाडौं, ९ कात्तिक । अभिनेता राजेश हमाल हत्तपत्त कुनै पनि

नेपालगन्जमा तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै

नेपालगन्ज । नेपालगन्जमा तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप प्रतियोगिता हुने

एनपीएलमा साविक विजेता लुम्बिनीको सानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा साविक विजेता