५ श्रावण २०८३, मंगलबार | July 21, 2026

रूपन्देहीको रोहिणीमा सोमबार राती गोली चल्यो, तीन लागुऔषध कारोबारी पक्राउ



बुटवल । रूपन्देहीको रोहिणी गाउँपालिकामा प्रहरीले गोली चलाएर तीन जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । सोमबार राति रोहिणी गाउँपालिका-४ को कोटहवा क्षेत्रमा उनीहरूलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायव उपरीक्षक कृष्ण चन्दका अनुसार पक्राउ पर्नेमा भारतको महाराजगञ्ज, पर्सामालिक ग्राम विसुनपुरवा बस्ने १८ वर्षीय अरुण कुमार र २० वर्षीय विनय पाण्डेय तथा रोहिणी-२ खुरूहुरियाका विशाल यादव रहेका छन् । उनीहरूको साथबाट प्रहरीले ३३ सय एम्पुल लागुऔषध बरामद गरेको जनाएको छ ।

लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले कोटहवामा चेकजाँच अभियान सञ्चालन गरेको थियो । सोही क्रममा युपी ५६ एफ ९९०१ नम्बरको भारतीय मोटरसाइकललाई रोक्न खोज्दा नरोकी भाग्ने क्रममा मोटरसाइकल लडेको प्रहरीले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिन खोज्दा आरोपीहरूले ढुंगा प्रहार गरी प्रतिरोध गरेका थिए । उक्त घटनामा एक जना प्रहरीसमेत घाइते भएका छन् ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड गोली चलाएको डीएसपी चन्दले जानकारी दिए । भाग्ने प्रयास गरेपछि विशाल यादवको घुँडामा गोली प्रहार गरी नियन्त्रणमा लिइएको हो । घाइते यादवलाई उपचारका लागि भीम अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ७ : ४३ बजे

तयारी पोसाक सङ्घका पदाधिकारीसँग प्रधानमन्त्रीले छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग सङ्घका

अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

गण्डकी । गत आवमा एक सय ६९ देशका पर्यटकले अन्नपूर्ण

क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म नयाँ कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न

कक्रोच पार्टीको संसद मार्चमा मिडियाविरुद्ध आक्रोश, संचारकर्मीबीच चर्कियो बहस

कुनै पनि ठूलो विरोध प्रदर्शनमा सञ्चारमाध्यम वा पत्रकारहरू आन्दोलनकारीको निशानामा

विश्वविजेता स्पेनको स्वदेशमा भव्य स्वागत, २० लाख समर्थक सडकमा उत्रिए

काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि जितेर स्वदेश फर्किएको