२४ भदौ २०८३, बुधबार | September 9, 2026

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च



बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना सबैभन्दा बढी हुने गरेको पाइएको छ । गत जेठ र असार महिनामा सबैभन्दा यीनै दुई विषयमा सबैभन्दा उजुरी परेको जिल्ला प्रहरी रूपन्देहीले जनाएको छ ।

गत जेठमा जिल्लामा ५९ वटा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी मुद्दा दर्ता भएको थियो भने असारमा सोही प्रकृतिका ५८ वटा मुद्दा दर्ता भएका थिए ।

गत असारमा नै रूपन्देही प्रहरीले नक्कली नेपाली नोट छाप्ने गिरोहमा संलग्न ६ जनालाई पक्राउ गरेको थियो । त्यसबेला एक भारतीय नागरिक र पाँच नेपाली नागरिकलाई पक्राउ गरेको थियो । उनीहरूको साथबाट एक हजार दरका नक्कली नेपाली नोट छाप्ने मेसिन तथा पाँच लाख ९२ हजार रूपैयाँ बराबरका नक्कली नोट बरामद गरिएको थियो ।

त्यसैगरी जिल्लामा महिला र जेष्ठ नागरिकतर्फका उजुरी पनि उल्लेख्य रहेको छ । जेठ महिनामा घरेलु हिंसा ९३ वाटा उजुरी परेको छ भने असारमा ९९ वटा उजुरी दर्ता भएको छ । छिमेकीसँगको झगडासम्बन्धी ठाडो उजुरी पनि उल्लेख रहेको छ । रूपन्देही प्रहरीक अनुसार जेठमा ७२ वटा त्यस्तो ठाडो उजुरी दर्ता भएकामा असारमा ६३ वटा ठाडो उजुरी दर्ता भएको थियो ।

जेठमा जम्मा १८२ वटा अपराधका घटना दर्ता भएका थिए भने असारमा १७६ वटा मुद्दा दर्ता भएका थिए ।

त्यसैगरी जेठमा सामाजिक अपराधका ५२ वटा दर्ता भएकामा असारमा त्यस्तो मुद्दा २१ वटा दर्ता भएको थियो । जिल्ला ज्यानसम्बन्धी उजुरी पनि अत्यधिक हुने गरेको छ । जेठमा २३ वटा ज्यानसम्बन्धी मुद्दा दर्ता भएकामा असारमा ३५ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । प्रहरीले जेठमा २४३ जनालाई पक्राउ गरेको थियो भने असारमा १६१ जनलाई पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नावय उपरीक्षिक कृष्णकुमार चन्दका अनुसार आर्थिक अपराधका घटना प्रहरीका लागि चुनौतीका रूपमा खडा भएको छ । चेक बाउन्स र अनलाइन फ्रडका कारण सर्वसाधारण मर्कामा पर्ने गरेको उनको भनाइ छ । जिल्लाको ग्रामीण क्षेत्रमा अशिक्षाका कारण पनि सामाजिक एवं घरेलु हिंसाका घटना सबैभन्दा बढी हुने गरेको उनले बताए ।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  ९ : ५१ बजे

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

झापा । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

मधेस प्रदेशमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

जनकपुरधाम । मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा

म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ काउसीबोट र वडा नं ४