१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

६ देशका राजदूत फिर्ता गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले विभिन्न मुलुकमा राजनीतिक नियुक्तिका आधारमा खटाइएका ६ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले अघिल्लो सरकारको पालामा नियुक्त भएका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

फिर्ता बोलाइएका राजदूतहरूमा शंकरप्रसाद शर्मा (भारत), चित्रलेखा यादव (अस्ट्रेलिया) र शिवमाया तुम्बाहाङ्फे (दक्षिण कोरिया) रहेका छन् ।

त्यसैगरी पूर्णबहादुर नेपाली (श्रीलंका), सुम्निमा तुलाधर (डेनमार्क) र कपिल श्रेष्ठ (दक्षिण अफ्रिका) लाई पनि सरकारले फिर्ता बोलाएको छ । सरकार परिवर्तनसँगै अघिल्लो कार्यकालमा नियुक्त भएका राजदूतलाई फिर्ता बोलाउने अभ्यासलाई निरन्तरता दिँदै यो निर्णय गरिएको बताइएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार फिर्ता बोलाइएका राजदूतलाई बाँकी कार्यकाल छोडेर स्वदेश फर्कन निश्चित समयसीमा प्रदान गरिनेछ । साथै, रिक्त हुने कूटनीतिक नियोगहरूमा नयाँ राजदूत नियुक्त गर्ने प्रक्रिया छिट्टै सुरु गरिने जनाइएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ८ : ०० बजे

संविधान संशोधन बहसपत्र कार्यदलद्वारा विभिन्न पेसा तथा व्यवसायमा आबद्ध महिलासँग छलफल

काठमाडौँ । विभिन्न पेसा तथा व्यवसायमा आबद्ध महिलाले संविधान संशोधन

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

पोखरा । पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

डिडिसीका कागजात प्रहरीको नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज लैनचौर

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

दाङ । लुम्बिनी प्रदेशसभाको बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि

सार्वजनिक संस्थान : २७ नाफा र १६ घाटामा सञ्चालित, दुई बन्द

काठमाडौं । सरकारले आज सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति