२० भदौ २०८३, शनिबार | September 5, 2026

पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि, खाना पकाउने ग्यासको मूल्य २०१०



काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि भएको छ । नेपाल आयल निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो ।

प्रतिलिटर पेट्रोलमा १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५र२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि भएको निगमले जनाएको छ ।

यस्तै, निगम सञ्चालक समितिको बैठकले खाना पकाउने एलपी ग्यासको मूल्यमा पनि प्रतिसिलिन्डर १०० रुपैयाँले बढाएको छ । हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरेको छ ।

नयाँ मूल्यसूची अनुसार अब काठमाडौँ उपत्यका (तेस्रो वर्ग) मा पेट्रोल २१९ रुपैयाँ, डिजेल र मट्टीतेल २०७ रुपैयाँ, एलपी ग्यास प्रतिसिलिन्डर २०१० रुपैयाँ पुगेको छ । हवाई इन्धन (आन्तरिक) २५७ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

विगत केही महिनादेखि मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकाले नेपालमा पनि मूल्य समायोजन गर्नुपरेको निगमद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिँदा पनि निगमको घाटा न्यूनीकरण नभएपछि मूल्य बढाउनु परेको जनाइएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  ११ : ३९ बजे

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ । भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उहँको

पहिरामा पुरिएर दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत्

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा ।  भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

विनासकारी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २