१० भदौ २०८३, बुधबार | August 26, 2026

प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीच पहिलोपटक छलफल हुँदै



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज पहिलोपटक सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग संयुक्त छलफल गर्दै छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो २ बजे बस्ने उक्त बैठकमा प्रदेश सरकारका समस्या र प्राथमिकताबारे प्रत्यक्ष रूपमा छलफल हुने जनाइएको छ।

बैठकमा सुदूरपश्चिमका कमल शाह, कर्णालीका यामलाल कँडेल, लुम्बिनीका चेतनारायण आचार्य, गण्डकीका सुरेन्द्र पाण्डे, बागमतीका इन्द्र बानियाँ, मधेसका कृष्णप्रसाद साह र कोशीका हिक्मत कार्की सहभागी हुनेछन्।

प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार बैठक मुख्यमन्त्रीहरूको धारणा र सुझाव सुन्ने उद्देश्यले आयोजना गरिएको हो। छलफल विकास निर्माणका कार्यलाई तीव्रता दिने, स्रोत–साधनको समुचित बाँडफाँड सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा केन्द्रित रहनेछ। त्यसैगरी, राष्ट्रिय प्राथमिकताका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेशबीच सहकार्य कसरी अझ सुदृढ बनाउने भन्ने विषय पनि बैठकको मुख्य एजेन्डामा रहनेछ।

 

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  १० : ५५ बजे

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको

भारत, चीन र विश्व बैंकले सोधे – कस्तो सहयोग कहाँ पठाऊँ ?

काठमाडौँ । विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक

भोटेकोशी बाढी : उद्धार गरी ल्याएका १३ जनाको काठमाडौंंमा उपचार हुँदै

काठमाडौं । रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका

पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय

ललितपुर । नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र