१० भदौ २०८३, बुधबार | August 26, 2026

दीपक खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, विदेश जान अदालतको अनुमति चाहिने



काठमाडौं । सर्वोच्च अदालतले पूर्वऊर्जा मन्त्री तथा कांग्रेस नेता दीपक खड्का लाई थुनामुक्त गर्न आदेश दिएको छ।

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेल को संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ सम्पन्न गरेपछि उक्त आदेश जारी गरेको हो।

सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका खड्का प्रहरी हिरासतमा रहेका थिए। तर, सर्वोच्चले उनको थुना कानुनसम्मत नभएको ठहर गर्दै रिहा गर्न आदेश दिएको हो।

यद्यपि, अदालतले खड्कालाई विदेश यात्रा गर्नुअघि अनिवार्य रूपमा अदालतको अनुमति लिनुपर्ने शर्त समेत तोकेको छ। साथै, पूर्व नजिरलाई आधार मान्दै उक्त अभियोगमा मिलापत्रको सम्भावना रहेको पनि आदेशमा उल्लेख गरिएको छ।

यसअघि सर्वोच्चले ललितपुर जिल्ला अदालतबाट म्याद थपका लागि तयार गरिएको पर्चा, राजस्व अनुसन्धान विभागको अनुरोधपत्र तथा थुनासम्बन्धी कारणसहितको लिखित जवाफ पेश गर्न आदेश दिएको थियो।

खड्काको रिहाइका लागि उनकी पत्नी बिनिता थापा ले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। उनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले चैत १५ गते पक्राउ गरेको थियो।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  ८ : १० बजे

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट

भोटेकोशी बाढी : ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन