१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

घोषित आन्दोलनका कार्यक्रबाट पछि हट्यो एमाले



काठमाडौँ । सरकारका विरुद्ध विविन्न आन्दोलनको कार्यक्रम घोषणा गरेको नेकपा एमाले आन्दोलनबाट पछि हटेको छ । एमाले केन्द्रीय कार्यालयको आजको बैठकले यसअघि घोषणा गरिएका आन्दोलनका कार्यक्रमलाई स्थगन गर्दै पार्टी स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको छ ।

पार्टीका महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा भएकोे बैठकले आन्दोलनको कार्यक्रम स्थगित गर्दै पार्टी स्थापना दिवसमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए । उनका अनुसार पार्टीको यसअघि निर्धारित केही कार्यक्रमलाई बैठकले संशोधनको निर्णय गरेको हो ।

बैठकले सबै जिल्ला कमिटीहरूले यही वैशाख ९ गते सबै जिल्लामा अनिवार्य रूपमा विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्न निर्देशन जारी गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार उपत्यकाको हकमा वैशाख ९ गते दिउँसो २ः०० बजे केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम आयोजना गरिनेछ ।

बैठकले पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीको सन्दर्भमा यही वैशाख ७ र १२ गते गर्नेगरी तय भएका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । अध्यक्ष ओलीले सर्वोच्च अदालतको आदेशमा गत चैत २६ गते हाजिरी जमानीमा रिहा भएपछि एमालेले आन्दोलनका कार्यक्रम स्थगन गरेको हो ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ९ : ३४ बजे

सिरहाको लहानमा पनि अनिश्चितकालीन कर्फ्यु

सिरहा । सिरहाको लहान क्षेत्रमा पनि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन

सिरहाको गोलबजार गोली चल्दा एक जनाको मृत्यु, एक जना घाइते

सिरहाको गोलबजारमा बिहीबार प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर एक

देवानगञ्ज गोलीकाण्ड : उपचाररत अर्का युवाको पनि मृत्यु, मृतक संख्या दुई पुग्यो

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डमा

जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधामसहित आसपासका क्षेत्रमा अनिश्चितकालीन

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पदमै निरन्तरता पाउने