१४ बैशाख २०८३, सोमबार | April 27, 2026

लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क



तेह्रथुम । यहाँको लालीगुराँस नगरपालिकास्थित चोत्लुङ पार्क शनिबार र आइतबार साहित्यमय बन्यो । वैशाख १० गतेदेखि सुरु भएको लालीगुराँस महोत्सवका अवसरमा आयोजित चोत्लुङ साहित्य गोष्ठीले साहित्यिक माहोल सृजना गरेको हो ।

गुराँसको राजधानी तीनजुरे-मिल्के-जलजले (टिएमजे) क्षेत्रको प्रवेशद्वार वसन्तपुर बजारको चोत्लुङ पार्कमा आयोजित चोत्लुङ साहित्य गोष्ठीमा भारत सिक्किमकी अनुसन्धाता एवं कवि सन्ध्या सिङ्जागो सुब्बाले कविता वाचन गरिन । उनीसँगै दुई दर्जनभन्दा बढी चर्चित कविहरूका कविताले दुई दिनसम्म चोत्लुङ पार्क गुञ्जयमान बन्यो । रैथाने वास्तु शैलीमा निर्मित पर्यटकीयस्थल चोत्लुङ पार्कमा यस किसिमको कार्यक्रम आयोजना गरेर लालीगुराँस नगरपालिकाले कला-साहित्यको मूल्यवोध गरेको विराटनगरदेखि आएकी कवि एवं आख्यानकार सीमा आभाषले बताईन ।

गुराँस साहित्य गोष्ठीमा सङ्घीय राजधानी काठमाडौंसहित विभिन्न जिल्ला र छिमेकी मुलुक भारतसम्मका ख्यातिप्राप्त कविहरूले प्रकृति, संस्कृति, सामयिकता, प्रेम र मानवीय संवेदना समेटिएका कविता वाचन गरेर कविताका पारखीहरूलाई मन्त्रमुग्ध बनाएका थिए । कविता गोष्ठीको मुख्य आकर्षणका रूपमा रहेका चलचित्र निर्देशक, आख्यानकार एवं कवि उपेन्द्र सुब्बाले समाजलाई गति दिन र समृद्ध बनाउन यस्ता वैचारिक जमघट र विमर्शहरू हुन आवश्यक रहेको बताए ।

भनिन्छ, साहित्य हृदयको भाषा हो । कविता अभिव्यक्तिको एक विशिष्ट रूप हो । कला-साहित्यले समाजका सुन्दर र कुरुप दुवै पक्षलाई कलात्मक प्रस्तुतिकासाथ उजागर गर्दछ । जसले समाजलाई चेतना प्रदान गर्दछ । यही सत्यलाई आत्मसात् गरेर जलवायु परिवर्तन र त्यसको असर न्यूनीकरणका लागि साहित्यका माध्यमबाट सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु माबुहाङले बताए ।

प्रकृतिको सुन्दर काखमा प्रकृतिप्रति प्रेम दर्शाउन र प्रकृति संरक्षणको सन्देश फैलाउन आयोजना गरिएको गुराँस साहित्य गोष्ठीमा स्थानीय पर्यटन प्रवर्द्धन र विकास, गुराँस संरक्षणको सवाल साथै जलवायु परिवर्तन र मुन्धुमी ज्ञानबीचको सम्बन्धबारे पनि विमर्श गरिएको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ७ : १७ बजे

६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत्

पोखरा सभागृह पुनर्निर्माण गरिने

पोखरा । पोखरा सभागृहलाई पुनर्निर्माण गर्दै सुविधासम्पन्न बनाइने भएको छ

सुरक्षित गर्भपतन सेवा असुरक्षित : रोकिएन अकालमा आमाहरुको मृत्यु

काठमाडौं । विक्रम संवत् २०७६ चैत ११ देखि २०७७ साउन

अस्पतालहरुको सेवाको गुणस्तर सुधार गर्न निर्देशन

। जिल्लाका सरकारी, निजी अस्पताल र स्वास्थ्य संस्थाका व्यवस्थापक एवं

बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन

गलकोट । यहाँको काठेखोला गाउँपालिका-२ भिमपोखरा र वडा नं ४