१० भदौ २०८३, बुधबार | August 26, 2026

कांग्रेसका दुई महत्वपूर्ण समिति बैठक आज, अनुशासन र समसामयिक विषयमा छलफल



काठमाडौं । नेपाली कांग्रेसका कार्यसम्पादन समिति र केन्द्रीय अनुशासन समितिको बैठक आज (वैशाख १४) बस्दै छन् ।

कार्यसम्पादन समितिको बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी आह्वान गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् । बैठकमा समसामयिक राजनीतिक अवस्थासहित पार्टीका विभिन्न विषयमा छलफल हुने जनाइएको छ ।

त्यस्तै, केन्द्रीय अनुशासन समितिको बैठक दिउँसो २ बजे बस्ने तय भएको छ । समितिका सचिव दिनेश थापामगरका अनुसार सो बैठक पनि सानेपास्थित केन्द्रीय कार्यालयमै हुनेछ ।

बैठकमा पछिल्लो समय स्पष्टीकरण सोधिएका नेताहरूका कागजात र सम्बन्धित विषयमा छलफल गरिनेछ ।

अनुशासन समितिका सभापति तारामान गुरुङले पूर्वउपसभापति पूर्णबहादुर खड्कासँग स्पष्टीकरण मागिएको सम्बन्धी पत्रहरू कार्यसम्पादन समितिमा बुझाइसकिएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ७ : २३ बजे

भोटेकोशी बाढी : उद्धार गरी ल्याएका १३ जनाको काठमाडौंंमा उपचार हुँदै

काठमाडौं । रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका

पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय

ललितपुर । नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र

संसदलाई सरकारको जवाफ – हिमपहिरोपछि भोटेकोशीमा बाढी आयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको ठूलो बाढीका

विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्न रवि लामिछानेको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक

भोटेकोशी बाढी : ३८४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन