काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै उम्मेदवारलाई अन्तरघात गरेको भन्दै प्रदेश सरकारका दुई मन्त्रीसहित सात सांसदलाई स्पष्टीकरण सोधेको छ।
बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उनीहरसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । कांग्रेस अनुशासन समितिले उनीहरूलाई पाँच दिनको म्याद राखेर स्पष्टीकरण सोधेको हो ।
कांग्रेसले लुम्बिनी प्रदेश सरकारका वनमन्त्री देवकरण प्रसाद कलवार (सन्तु) र यातायात तथा पर्यटनमन्त्री प्रचण्डविक्रम न्यौपाने तथा लुम्बिनी प्रदेससभाका सदस्य एवं पार्टीका प्रदेश उपसभापति राजु खनालसँग स्पष्टीकरण सोधेको छ। कलवार कांग्रेसका महासमिति सदस्यसमेत हुन्।
त्यस्तै, कोसी प्रदेश सभाका सदस्य प्रदीप सुनुवार, , मधेस प्रदेश सभा सदस्यहरू जंगीलाल राय, सकुन्तीदेवी महरा र कौशिल किशोर रायलाई पनि कांग्रेसले स्पष्टीकरण सोधेको छ। सुनुवार पूर्वकेन्द्रीय सदस्य र पूर्वमन्त्री हुन्।


















प्रतिक्रिया