२ असार २०८३, मंगलबार | June 17, 2026

दोहामा बृद्धजयन्ती मनाइयो



काठमाडौं । पच्चीस सय सत्तरीऔँ बृद्धजयन्तीका अवसरमा कतारको राजधानी दोहास्थित नेपाली दूतावासमा शुक्रबार एक कार्यक्रम आयोजना गरी शान्तिका प्रवर्तक भगवान् गौतमबुद्धका उपदेशबारे विमर्श गरिएको छ ।

नेपाली दूतावास र गैरआवासीय नेपाली महासङ्घ राष्ट्रिय समन्वय परिषद्द्वारा संयुक्त रुपमा आयोजित उक्त कार्यक्रममा दोहास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राईले गौतमबुद्धले देखाउनुभएका अष्टाङ्गमार्ग र शीलको चर्चा गर्दै भौतिक शुद्धिसँगै मानसिक शुद्धि आवश्यक भएको बताए ।

उक्त दूतावासका अनुसार लामा गुरु राकेश लो तामाङ, परिषद्का अध्यक्ष कृष्ण पन्थी, कतारस्थित नेपाली महिला समाजकी अध्यक्ष लोकमाया केसी, नेपाली आदिवासी जनजाति महासङ्घका अध्यक्ष राकेश श्रेष्ठलगायतले भगवान् बुद्धका उपदेशको पालनाबाट अलौकिक शान्ति प्राप्त हुने बताए ।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  ९ : ४४ बजे

रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

भैरहवा । जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ