१८ भदौ २०८३, बिहिबार | September 3, 2026

नृत्यकर्मी संघ नेपाल रुपन्देहीमा नयाँ नेतृत्वलाई पद हस्तान्तरण



बुटवल । नृत्यकर्मी संघ नेपाल, रुपन्देहीको नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरिएको छ । संघको हालै सम्पन्न साधारणसभा तथा दोस्रो अधिवेशनबाट प्रियङ्का थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको थियो ।

आइतबार बुटवलमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष मुकेश गुरुङले नयाँ नेतृत्वलाई औपचारिक रूपमा पद हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै संघका सल्लाहकार तथा लुम्बिनी बोर्डिङ स्कुलका प्राचार्य लालहरि पाण्डेले नेपाली कला र नृत्य संरक्षणमा संघको भूमिका महत्वपूर्ण रहेको बताए । उनले कला-संस्कृति जोगाउन प्रशिक्षण तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

निवर्तमान अध्यक्ष मुकेश गुरुङले आफ्नो कार्यकालमा सदस्यहरूको क्षमता अभिवृद्धि र नेतृत्व विकासका लागि विभिन्न प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरे । नृत्य निर्देशक संघ रुपन्देहीका अध्यक्ष सुन्दर गुरुङले कलाकारिताको विकासका लागि सबै एकजुट हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा वरिष्ठ कलाकार नारायण थापा, नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष मीना बुढाथोकी, साधना कला केन्द्रका सञ्चालक अनु रजकलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

नयाँ कार्यसमितिअनुसार अध्यक्षमा प्रियङ्का थापा, उपाध्यक्षमा हिमाल थापा, सचिवमा पुनम थापा, कोषाध्यक्षमा दुर्गा राना, सहसचिवमा युवराज जर्घामगर र सहकोषाध्यक्षमा ज्ञानु गुरुङ चयन भएका छन् । सदस्यहरूमा रोशन गुरुङ, रोहन थापा, पूर्णिमा पुन, शान्ता थापा र रविन थापा रहेका छन् ।

मुकेश गुरुङको अध्यक्षता, युवराज जर्घामगरको स्वागत तथा दुर्गा रानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ७ : २६ बजे

मन्त्रिपरिषद्का ७ निर्णय : एडीबीको अनुदान स्वीकार्ने, भदौ २३ गते सार्वजनिक बिदा दिने

काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा

भोटेकोशी बाढी र उद्धार प्रयासबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले काठमाडौंस्थित कूटनीतिक समुदायलाई भोटेकोशी बाढी

नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

संसद् बैठकमै ढले कांग्रेस सांसद खड्का, उपचारका लागि वीर अस्पताल लगियो

काठमाडौं । प्रतिनिधिसभा बैठकका क्रममा नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का

प्रधानमन्त्री शाह र नेकपा नेता वर्षमान पुनबीच भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता