९ भदौ २०८३, मंगलबार | August 25, 2026

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानिरीक्षक पौडेल



काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो, आधुनिक, उत्तरदायी, प्रविधीमैत्री र परिणाममुखी सुरक्षा संस्थाका रूपमा विकास गरिने बताएका छन् ।

महानिरीक्षकको दज्र्यानी चिह्नबाट शुशोभित भएपछि सशस्त्र प्रहरी मुख्यालय हल्चोकमा आज पदवाहालीका क्रममा सकल दर्जालाई सम्बोधन गर्दै उनले गैरव्यावसायिक आचरण, भ्रष्टाचारजन्य क्रियाकलाप तथा बाह्य प्रभावप्रति शून्य सहनशीलताको नीतिलाई न्यूनतम सर्तका रूपमा कार्यान्वयन गरिने बताए ।

महानिरीक्षक पौडेलले अनुशासन, ‘चेन अफ कमाण्ड’ र संस्थागत निष्ठा नै सङ्गठनको आधारशीला रहेको उल्लेख गर्दै साङ्गठनिक हित र व्यावसायिकतामा कुनै सम्झौता नहुने स्पष्ट पारे । सशस्त्र प्रहरी ऐन तथा नियमावलीको समयसापेक्ष परिमार्जनको प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गर्दै उनले सङ्गठनको आधुनिकीकरण एवं आवश्यक स्रोतसाधनको उपलब्धताका लागि पहल गरिने बताए ।

महानिरीक्षक पौडेलले भने, “सङ्गठनलाई आधुनिक, सक्षम र भविष्यमा आइपर्ने चुनौतीको सामना गर्न तयार बनाउने दिशामा केन्द्रित भई तालिम प्रणालीलाई समयसापेक्ष, व्यावहारिक र प्रविधिमैत्री बनाइ ज्ञान मात्र नभई सीप र नेतृत्व क्षमता विकासमा समेत जोड दिइनेछ ।”

उनले कार्यगत क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगलाई संस्थागत रूपमा विस्तार गर्दै दङ्गा व्यवस्थापन, आन्तरिक सुरक्षा तथा विपद् व्यवस्थापनका क्षेत्रमा आधुनिक उपकरण, क्षमताको विकास तथा द्रुत प्रतिक्रिया संयन्त्रलाई सुदृढ बनाइने बताए । “सीमा सुरक्षालगायत प्रमुख जिम्मेवारीलाई बिओपीहरूको विस्तारसहित रणनीतिक परिचालन, अत्याधुनिक स्रोतसाधनको व्यवस्थापनमा जोड दिइने छ । प्रविधिमैत्री सीमा निगरानी एवं ‘डिजिटल बोर्डर’ अवधारणाअनुसार सीमावर्ती नाकामा आवतजावतलाई सहजीकरण गर्दै आपराधिक क्रियाकलाप निस्तेज पारिनेछ”, महानिरीक्षक पौडेलले भने ।

उनले बाढी, पहिरो, भूकम्प, हिमपहिरो तथा दुर्गम क्षेत्रमा हुने उद्धार कार्यलाई अझ प्रभावकारी बनाउन अत्याधुनिक उपकरण, विशेष तालिम, उच्च पर्वतीय उद्धार क्षमता र समुदायमा आधारित स्वयंसेवक तालिम तथा पूर्वतयारी प्रणालीलाई विस्तार गरी अझ प्रभावकारी विपद् प्रतिकार्यको पर्यायका रूपमा सशस्त्र प्रहरीलाई स्थापित गरिने दृढता व्यक्त गरे ।

पदवहालीका क्रममा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले हल्चोकस्थित अमर सशस्त्र प्रहरी स्मारकमा ‘रिथ’ अर्पण गरेका थिए । त्यसअघि उनको सम्मानमा सम्मान गारद टोलीले सलामी अर्पण गरेको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ८ : ५५ बजे

भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

नारायणगढ । चितवनको भरतपुर महानगरपालिका-१० स्थित गेस्ट हाउस चौरमा ‘सहिद

अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

बैतडी । बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

एकसाथ ४७ उपसचिवहरुको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले ४७ उपसचिवको सरुवा गरेको छ। भूमि व्यवस्था,