काठमाडौं । नेपाली कांग्रेसको संसद् समन्वय बोर्डको पहिलो बैठक आज बस्दैछ । पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्ण दुलालका अनुसार बैठक दिउँसो ३ बजेका लागि तय गरिएको छ ।
नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधनसहित, २०८३) को धारा २१ बमोजिम गठन गरिएको उक्त बोर्डको पहिलो बैठकमा सबै सदस्यहरूको उपस्थिति रहने जनाइएको छ ।
पार्टीभित्र संसद्सम्बन्धी काम, रणनीति निर्माण र समन्वयलाई प्रभावकारी बनाउन बोर्ड गठन गरिएको हो । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार बोर्डको नेतृत्व पार्टी सभापतिले गर्नेछन् ।
बोर्डमा प्रतिनिधिसभा र राष्ट्रियसभाका संसदीय दलका नेता, उपनेता, प्रमुख सचेतक, सचेतक तथा महामन्त्रीहरू रहनेछन् । साथै, संसदीय समितिका सभापति, वरिष्ठ नेता तथा आवश्यकताअनुसार अन्य नेताहरूलाई पनि समावेश गरिने व्यवस्था छ ।
उक्त बोर्डले संसद्मा पार्टीको एकीकृत धारणा तय गर्ने, विधेयक तथा नीतिगत विषयमा समन्वय गर्ने र पार्टी नेतृत्व तथा सांसदबीच प्रभावकारी सम्पर्क सेतुको भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।




















प्रतिक्रिया