२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

पछिल्ला २४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही



काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरेको सवारी जाँचका क्रममा दुई हजार २९३ सवारी चालकलाई कारबाही गरेको छ ।

आज बिहानसम्म मादक पदार्थ सेवन ९मापसे० गरी सवारीसाधन चलाउने ११३, राइड सेयरिङमा १८४, रातोबत्तीमा १५७, तीव्र गतिमा १२४, लेनक्रसमा २१९, सडक फुटपाथमा १२३, हर्न निषेधमा ७३, एकतर्फीमा १०५, अन्यमा एक हजार १९५ गरी कुल दुई हजार २९३ जना चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उनले भने, “चौबिस घण्टाको अवधिमा काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार २९३ जना चालकलाई कारबाही गरिएको छ । उक्त कारबाहीबाट जम्मा रकम रु २४ लाख २६ हजार एक राजस्व दाखिला भएको छ ।”

मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत तथा दण्डनीय कार्य भएको र चालकले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ४ : ३२ बजे

महासङ्घ अध्यक्ष श्रेष्ठले सम्हाले कार्यभार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१

३४ वर्षपछि स्वास्थ्य मन्त्रालयको प्रस्तावमा अर्थमन्त्रालयबाट ९७७ स्थायी दरबन्दी स्वीकृत

नेपालगन्ज । ३४ वर्षपछि पहिलोपटक स्वास्थ्य क्षेत्रले ठुलो संख्यामा स्थायी

जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

जुम्ला । सातौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताको तयारी पूरा

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ