१४ असार २०८३, आइतबार | June 28, 2026

बुटवलमा प्रभावकारी बन्यो बा आमासँग नगरप्रमुख कार्यक्रम



बुटवल । बुटवल उपमहानगरपालिकामा बा आमासँग नगरप्रमुख स्वास्थ्य परिक्षण तथा उपचार शिविर कार्यक्रम प्रभावकारी बनेको छ । नगरपालिका तेस्रो चरणको कार्यक्रम चलिरहेको छ ।

उपमहानगरपालिकाले नगर कार्यपालिका बैठकबाट पारित गरी कार्यक्रम सञ्चालन गरेको हो । तेस्रो चरणको कार्यक्रम अन्तर्गत मोतिपुर बुटवल ८, बुद्धनगरमा शिविर गरी जेष्ठ नागरिकको ल्याब टेस्ट सहित निःशुल्क औषधि वितरण भइरहेको छ ।

मंगलबार बुद्धनगरमा भएको शिविरमा जेष्ठ नागरिकको भीड लागेको थियो । शिविरमा विशेषज्ञ चिकित्सक सहितको टिमले ६० वर्षमाथिका नागरिकको स्वास्थ्य चेकजाच भइरहेको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेयले जानकारी दिए ।

शिविरमा उपचारका लागि जेष्ठ नागरिकको भीडभाड लागेको छ । नगरप्रमुख खेलराज पाण्डेयले निजी अस्पतालसँग पनि समन्वय गरी शिविर सञ्चालन भइरहेको बताए । चेकजाँचमा जेष्ठ नागरिकमा सुगर र प्रेसरका बढी बिरामी आएका उनको भनाइ छ ।

नगरपालिकाले आउदो वर्ष मोतिपुर स्वास्थ्य चौकीमा विशेषज्ञ डक्टरको दरबन्दी र बेलबासमा फिजियो थेरापी सेवा सञ्चालनमा ल्याएको जानकारी समेत गराए ।

नगर उपप्रमुख सावित्रादेवी अर्यालले कार्यक्रमले नगरबासीमा राम्रो प्रभाव परेको बताइन । कार्यक्रमबाट जेष्ठ नागरिक उत्साहित बनेको उपप्रमुख अर्यालयको भनाइ छ ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ७ : १४ बजे

फ्रान्समा गर्मीका कारण थप एक हजार जनाको मृत्यु

पेरिस । पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा

शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ ।

तिनाउ खोलाको बाढीमा फसेका व्यक्ति सकुशल उद्धार

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिङ्गारनगरस्थित तिनाउ खोलामा आएको बाढीले

संसद्‍मा एमालेले भन्यो- विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको