१० भदौ २०८३, बुधबार | August 26, 2026

प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ?



बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबार (हिजो) देखि बुटवलमा मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलन सुरु भएको छ । सोही क्रममा आइतबार विभिन्न विषयमा छलफल गरिएको छ ।

प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? विषयमा आयोजित बहस तथा छलफलमा सहभागीहरुले पत्रकारले सधै सत्ता र शक्तिलाई प्रश्न गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले पछिल्लो समय मिडियाले पस्कने सामग्रीको विश्वसनीयता र जगमाथि प्रश्न उठेको बताए । ‘सबै सूचना समाचार होइनन् । ‘अल्गोरिदमले सम्पादक र संवाददाताहरुको मनोवैज्ञानिक शान्ति लुटेको छ,’ उनले भने । सस्तो वस्तुले बजारको गुणस्तरीय माग धान्न नसक्ने उहाँले बताए । पत्रकारले सधै सत्ता र शक्तिलाई प्रश्न गर्नुपर्नेमा उनले जोड दिए । कमीकमजोरी सच्याएर अघि बढ्नपर्ने बताए ।

जनआस्थाका सम्पादक किशोर श्रेष्ठले पत्रकारिताको धर्म निर्वाह गर्न आग्रह गरे । उनले भने–‘म सत्य भन्दा बाहिर जाँदैन । जोखिम मोलेको छु । तथ्यले जित्छ । स्रोतलाई भगवान मान्छु । मेरो स्रोत भगवान हुन् ।’ आफ्नो काममा निरन्तर लाग्नुपर्नेमा उनले जोड दिए ।

समाधान दैनिकका केशवशरण लामिछानेले राम्रो कन्टेन्ट र खोजमूलक समाचार दिए समस्या नआउने बताए । अनलाइनमा आएको समाचार हुबहु पत्रिकामा प्रकाशन गरेर कसले पढ्ने ? भन्दै उनले प्रश्न गरे । सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन गर्न पाउने निर्णयले निजी सञ्चारमाध्यम विशेष गरी पत्रिका संकटमा परेको भन्ने कुरा आएका उनको भनाइ छ । पाठकलाई आकर्षित गर्ने खालको कन्टेन्ट दिन सकेनौं कि ? भन्ने पनि प्रश्न उठेको उनले बताए ।

कार्यक्रममा पत्रकार भरत के.सी., सुदीप भण्डारी, माया गौतम, तिलक सुवेदी, अर्जुन ज्ञवाली लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार अमृता अनमोलले गरेकी थिइन ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ५ : १२ बजे

बेपत्ताको खोजी र उद्धारमा सम्पूर्ण शक्ति परिचालन गर्न चिनियाँ राष्ट्रपति सीको निर्देशन

काठमाडौं । चीनको तिब्बततर्फबाट आएको बाढीले व्यापक जनधनको क्षति गरेपछि

रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन

भोटेकोशी बाढी : क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितलाई उद्धार

भोटेकोशीको बाढीले धादिङवेशी जाने फुर्केखोलाको पुल बगायो

काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीले धादिङ सदरमुकाम धादिङबेँसी

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौँ । भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ