२४ आश्विन २०८३, शनिबार | October 10, 2026

कांग्रेसको प्रश्न : संसद छलेर सरकार किन अध्यादेशको बाटोमा गयो ?



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसदलाई बेवास्ता गर्दै अध्यादेशमार्फत अघि बढ्न खोजेको भन्दै आपत्ति जनाएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसका सचेतक निस्कल राईले सरकारले संसद्मा छलफल गराएर निर्णय गर्नुपर्ने विषयमा अध्यादेशको सहारा लिनुको कारणबारे प्रश्न उठाए ।

उनले विशेषगरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउँदै ६ सदस्यीय परिषद्मा तीन जनाको उपस्थितिलाई कसरी बहुमत मान्न सकिन्छ भन्ने प्रश्न गरे ।

राईले संसद् सक्रिय रहेकै अवस्थामा अध्यादेश ल्याइनु लोकतान्त्रिक अभ्यासअनुकूल नभएको टिप्पणी गर्दै सरकारले यसबारे स्पष्ट जवाफ दिनुपर्ने माग गरे ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  २ : २६ बजे

नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित

नारायणगढ । यही असोज ११ गते नारायणी नदीमा आएको बाढीले

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय, साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौँ । सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध

जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु

दाङ । जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको

शिक्षालाई भविष्यका चुनौती र अवसरसँग जोड्न राष्ट्रपति पौडेलको जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा । मुग्लिङ-काठमाडौं सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौं आवतजावत