काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । सोमबार साँझ अबेरगरि नतिजा सार्वजनिक गरेको हो ।
यसवर्षको एसईईमा ६५.९८ विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।
गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षाको अहिले सम्ममै छिटो नतिजा प्रकाशन गरिएको परक्षिा नियन्त्रण कार्यालयले दाबी गरेको छ । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न सकिएको परीक्षा बोर्डको भनाई छ ।
यसवर्ष एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए । नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका थिए ।
जसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना रहेका छन् ।
कसरी हेर्ने नतिजा ? एसएमएस गरेर वा सिधै वेबसाइटमा गएर एसईईको नजिता हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
सूचनाअनुसार, नियमित र ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस र आईभीआरसहित तीन ठाउँबाट जान्न सकिनेछ। त्यस्तै, १४ वटा वेबसाइटमा पनि नतिजा प्रकाशन गरिने कार्यालयले जनाएको छ।
एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका यस्तो छ :
नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)
जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)
एम्बिसन गुरु: ३१०६९ (SMS सेवा मात्र)
वेबसाइटबाट नतिजा हेर्ने ठेगानाहरू: इन्टरनेटको माध्यमबाट विस्तृत नतिजा र मार्कसिट हेर्नका लागि कार्यालयले सरकारी तथा निजी क्षेत्रका १४ वटा वेबसाइटलाई अनुमति दिएको छ।
राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट : www.see.gov.np र www.neb.gov.np
नेपाल टेलिकम : www.see.ntc.net.np
कान्तिपुर पब्लिकेसन्स : www.ekantipur.com
इडियु सञ्जाल : www.see.edusanjal.com
खल्ती: https://khalti.com/app
कलेज इन्फो नेपाल प्रालि : see.collegeinfonepal.com
द कनेक्ट प्लस प्रालि : https://theconnectplus.com
एनसेल आजियाटा लिमिटेड : https://ncellapp.ncell.com.np/result
निमा एजुकेशन फाउन्डेसन : result.neemaacademy.com
फोनिक्स एजुकेशन फाउन्डेसन : resultayo.com
एम्बिसन गुरु प्रालि : see.ambition.guru
एनईबी रिजल्टस एन्ड न्युज प्रालि : https://see.merostudy.net
इन्द्रेणी टाइम्स नेटवर्क प्रालि: nebeducation.com/see




















प्रतिक्रिया