२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

दाङमा करेन्ट लागेर बस चालकको मृत्यु



दाङ । करेन्ट लागेर आज यहाँ बस चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका–७ मलई निवासी ४१ वर्षीय पूर्णबहादुर वली रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए ।

उनका अनुसार आज दिउँसो बबई गाउँपालिका–७ पातिहाल्नास्थित भित्री सडकखण्डमा मलईबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ख २१९८ नम्बरको बसको टायर पन्चर भएको थियो । टायर फेर्ने क्रममा बसको छतमा चढेका चालक वलीलाई करेन्ट लागेको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएकामा चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक बोहराले बताए ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ९ : ०२ बजे

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा

बुटवलबाट कछुवा सहित एकजना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट जिउँदो कछुवा सहित एक जनालाई

ज्ञानोदय नमुना माबिबाट ८३.९३ प्रतिशत विद्यार्थी ग्रेडेड, झरनाले ल्याइन ४ जिपिए

खजुरा । बाँकेको सामुदायिक विद्यालय मध्यको अब्बल मानिएको खजुराको ज्ञानोदय

दाङमा करेन्ट लागेर बस चालकको मृत्यु

दाङ । करेन्ट लागेर आज यहाँ बस चालकको मृत्यु भएको

पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र पशुपति गौशाला