३० बैशाख २०८३, बुधबार | May 13, 2026

यौनिक तथा लैगिक अल्पसंख्यक समुदायको अधिकारको विषयमा छलफल



बुटवल । निल हिरा समाज, रुपन्देहीको आयोजनामा बुधबार भैरहवामा यौनिक तथा लैगिक अल्पसंख्यक समुदायको यौन स्वास्थ्य लागू पद्धार्थ र मानव अधिकारको विषयमा छलफल गरिएको छ । छलफलमा यौनिक तथा लैगिक अल्पसंख्यक समुदायले नागरिकता प्राप्त गर्नको लागि हुने गरेको असहजता, मानव अधिकार र उनीहरुमाथि लाग्ने गरेको लान्छना, भेदभाव अन्त्य गर्नको लागि प्रशासन, स्थानीय सरकारको साथ सहयोगको आवश्यकतामा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईश्त्याक अहमद खाँले यौनिक अल्पसंख्यकको हक अधिकारका लागि पालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । समाजमा पछाडि परेको यौनिक तथा लैगिक अल्पसंख्यक समुदायका लागि शिक्षा, स्वास्थ्य र रोगजारीको लागि सहजीकरणसँगै पालिकाले आवश्यक बजेट पनि छुटटाउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा उपप्रमुख उमा अधिकारीले यौनिक अल्पसंख्यक समुदायको लागि आफू सधै साथमा रहेको बताइन् । उनले यो समुदायको लागि प्रशासनिक झन्झट र अफ्टयारमा आफ्नो सहजीकरण गर्नको लागि पनि तयार रहेको बताइन । राज्यबाट पाउनुपर्ने सम्पूर्ण सेवा सुविधामध्ये नागरिकताको अधिकार यौनिक अल्पसंख्यक समुदायको लागि पालिकाले साथमा रहेको बताइन् ।

एक्लोलाई साहारा दिने वृक्ष समूहका कार्यक्रम प्रमुख रेशम न्यौपानेले यौनिक तथा लैगिंक अल्पसख्यक समुदायका व्यक्तिले संविधानले व्यवस्था गरेपनि राज्यबाट पाउनुपर्ने हक तथा अधिकार नपाएको बताए । यो समुदायको अधिकारका लागि सबैको साथ आवश्यक रहेको बताए ।

कार्यक्रममा साहसी कदमका अध्यक्ष हसिना क्षेत्री, निल हिरा समाजका कार्यक्रम निर्देशक सञ्जय शर्मा, एआरटी लुम्बिनी प्रादेशिक अस्पतालका डा. सञ्जय पाण्डेले बोलेका थिए । प्यानलगत छलफलमा अबन्तिका घर्तीमगर, पुष्पा केसी, डा. मेनुका बस्नेत, विपिन ज्ञवाली सहभागी भएका थिए । सहकार्य साहसी कदम नेपाल र एक्लोलाई साहार दिने वृक्ष समूहको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  २ : ०० बजे

ईक्यान रुपन्देही र बुटवल हस्पिटलबीच स्वास्थ्य सेवामा छुट दिने सम्झौता

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देही र बुटवल

यौनिक तथा लैगिक अल्पसंख्यक समुदायको अधिकारको विषयमा छलफल

बुटवल । निल हिरा समाज, रुपन्देहीको आयोजनामा बुधबार भैरहवामा यौनिक

दूरसञ्चार क्षेत्र सुधारमा सरकार गम्भीर, ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले

नीति तथा कार्यक्रम कार्यान्वयनमा उतार्न रुपन्देही चेम्बरको माग

बुटवल । चेम्बर अफ कमर्स रुपन्देहीले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक

प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा उपस्थित नभएपछि उत्पन्न