५ श्रावण २०८३, मंगलबार | July 21, 2026

डाबर नेपालको ‘डाबर हनी’ गुणस्तरहिन्, बजारबाट फिर्ता गर्न उत्पादकलाई आदेश



काठमाडौं । डाबर नेपालले बजारमा बिक्रि वितरण गरिरहेको डाबर हनी(मह) गुणस्तरहिन भएको पुष्टी भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमनका क्रममा संकलन गरेको डाबर हनी ब्राण्डको मह गुणस्तरहिन प्रमाणित भएको हो ।

विभागले आज खाद्य पदार्थ फिर्ता गर्ने सम्बन्धि आदेश जारी गर्दै खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम संकलन गरिएको डाबर हनी प्रयोगशालामा परिक्षण गर्दा न्युन गुणस्तरको पाइएको जनाएको छ । विभागले एनबी ००४७७ ब्याच नम्बर रहेको डाबर हनी बिक्रीविरढा नगर्न र बजारमा वितरण भइसकेको सामान समेत फिर्ता गर्न उत्पादकलाई निर्देशन दिएको छ ।

‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा ३८(२) को प्रावधान बमोजिम उक्त ब्याच नम्बरका सबै उत्पादन बजारबाट तत्काल फिर्ता गर्न साथै सोही दफाको उपदफा ४ बमोजिम बिक्रीवितरण नगर्नरनगराउनुहुन महानिर्देशकज्युको निर्देशनानुसार सम्बन्धित उत्पादकलाई यो आदेस जारी गरिएको छ ।’ विभागको आदेशमा उल्लेख छ ।

यसअघि विभागले यशोदा फुडद्वारा उत्पादीत लाली र करेन्ट चाउचाउलाई पनि गुणस्तर मापदण्ड अनुरुप नभएको भन्दै बिक्रीविरण नगर्न र बजारबाट समेट स्टक फिर्ता गर्न आदेश दिएको थियो । विभागको आदेशमा यशोदा फुडले भण्डारण ठिक नभएर गुणस्तर मापदण्ड नपुगेको भन्दै सुरक्षित भण्डारणका लागि बिक्रेताहरुलाई आग्रह गरेको थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार  १० : ०७ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान