१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

मार्किचोक सबस्टेसनमा प्राविधिक समस्या, तीन जिल्लामा विद्युत् अवरुद्ध



दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्किचोकमा अवस्थित २२०र१३२/३३ केभी सबस्टेसनमा रहेको १३२/३३ केभी क्षमताको १२ एमभिए पावर ट्रान्सफर्मरमा प्राविधिक समस्या उत्पन्न हुँदा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।

नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका अनुसार ट्रान्सफर्मरको अर्थिङ प्रणालीमा समस्या आई अत्यधिक करेन्ट प्रवाह भएपछि हिजो साँझ ५ः३२ बजेदेखि लाइन अवरुद्ध भएको हो । उक्त सबस्टेसनबाट तनहुँको आँबुखैरेनी, गोरखा जिल्ला तथा मुग्लिन हुँदै चितवनका केही क्षेत्रमा विद्युत् आपूर्ति हुँदै आएको छ ।

समस्या समाधानका लागि पोखरा ग्रिड महाशाखाको प्राविधिक टोली खटिएको थियो । टोलीले राति १२ः४५ बजे लाइन पुनः सञ्चालनमा ल्याए पनि फेरि अर्थिङ प्रणालीमै समस्या देखिएपछि आज बिहान ६ः४७ बजे ट्रान्सफर्मर पुनः बन्द गरिएको तनहुँ वितरण केन्द्रका सूचना अधिकारी वेनी नेपालीले जानकारी दिए ।

उनका अनुसार वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति सञ्चालन गर्ने प्रयास भइरहेको छ । साथै, ट्रान्सफर्मर मर्मत गर्न सकिने अवस्था भए मर्मत गर्ने, अन्यथा आवश्यक परे ट्रान्सफर्मर नै परिवर्तन गर्ने तयारी गरिएको छ । हाल पोखरा ग्रिडको प्राविधिक टोली मार्किचोक सबस्टेसनमै रहेर मर्मत तथा व्यवस्थापनको कार्य गरिरहेको छ । -रासस

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार  ९ : ५२ बजे

नागढुंगा-सिस्नेखोला सुरुङमार्गमा आजदेखि टोल शुल्क, कुन सवारीलाई कति ?

काठमाडौं । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आज आइतबार (कात्तिक

लागुऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम । अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित

धान फल्ने खेतमा फूलखेती

झापा । धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क

एनपीएल : जनकपुरलाई दोस्रो जितको लक्ष्य, पोखरालाई पहिलो जितको अवसर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार हुने खेलमा