२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

तिनाउको ड्यामसाइडमा डुबेका भारतीय युवक मृत फेला



पाल्पा । पाल्पाको तिनाउ गाउँपालिकामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक भारतीय युवक मृत अवस्थामा फेला परेका छन्। भारत उत्तर प्रदेश, सिद्धार्थनगर जिल्ला नौगढ गाउँ जगदिसपुर बस्ने २२ वर्षीय सौरभ रस्तोगी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

आफ्ना साथीहरूसँग घुम्न आएका उनी बुधबार बेलुका अन्दाजी साढे ६ बजेको समयमा पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ स्थित तिनाउखोला ड्याममा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। घटना लगत्तै खोजि कार्यमा जुटेको प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले आज बिहान मात्र रस्तोगीलाई मृत अवस्थामा फेला पारेको थियो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले आज बिहान घटनास्थलभन्दा अन्दाजी ५० मिटर तल तिनाउ नदीमा ढुङ्गाको खोँचमा अड्किएको अवस्थामा रस्तोगीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार  १ : २० बजे

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

बागलुङ । बडिगाड गाउँपालिका-९ दर्लिङका तेजनारायण श्रेष्ठले पानी घट्ट चलाउन

गड्यौला मल उत्पादन गर्न किसानलाई तालिम

कञ्चनपुर । वर्षौँदेखि रासायनिक मलमा निर्भर रहँदै आएका किसान हाल

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली । मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी

अमेरिकी हेलिकोप्टर खसालेको आरोपपछि इरानमाथि अमेरिकी आक्रमण

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले स्ट्रेट अफ होर्मुज

हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका-१ सिसेनी क्षेत्रमा