१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

देशभर ३२ हजार ३२५ सहकारी, शेयर पुँजी एक खर्ब ४३ अर्ब २९ करोड



काठमाडौं । अर्थ मन्त्रालयले जारी गरेको आर्थिक वर्ष २०८२/२०८३ को आर्थिक सर्वेक्षणमा २०८२ फागुन मसान्तसम्म देशभर दर्ता भएका सहकारीको सङ्ख्या ३२ हजार ३२५ पुगेको उल्लेख छ ।

सहकारी क्षेत्रमा रु १० खर्ब २९ अर्ब ५७ करोड बचत परिचालन भएको छ भने ८२ हजार २१६ व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् ।

सहकारीसम्बन्धी एकीकृत तथ्याङ्कको लागि विकास गरिएको सहकारी तथा गरिबी सूचना व्यवस्थापन प्रणाली (कोपोमिस)मा २०८२ फागुन मसान्तसम्म १९ हजार ९०३ सहकारी आबद्ध भएका छन् । कोपोमिसमा २०८१ असार मसान्तसम्म १८ हजार ८९७ सहकारी आबद्ध भएका थिए ।

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले नेपालको सहकारी क्षेत्रको नियमन गर्दै ८३४ सहकारी संस्थालाई सञ्चालन इजाजतपत्र प्रदान गरेको छ ।

सङ्घीय सरकारबाट समस्याग्रस्त घोषित २३ सहकारी संस्थामध्ये तीन संस्था राफसाफ भएको छ । बाँकी २० सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी हुन बाँकी छ ।

हालसम्म विभिन्न चरणमा कूल ८० हजार ८७ दाबीकर्ताको रु ४७ अर्ब ६० करोड १३ लाख माग दाबी दर्ता भएको छ ।

हालसम्म तीन हजार ६८८ दाबीकर्तालाई पूर्ण रुपमा कूल रु दुई अर्ब ५४ करोड ६८ लाख माग दाबी भुक्तान गरिएको छ । साथै चालु आर्थिक वर्षको फागुनसम्म आठ हजार ७६३ दाबीकर्तालाई रु १२ करोड २३ लाख रकम फिर्ता गरिएको सर्वेक्षणमा उल्लेख छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार  १ : ४४ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको