१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

एन आई सी एशिया बैंकले फलाखु खोला जलविद्युत आयोजनामा लगानी गर्ने



काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो लगानी पोर्टफोलियो विविधिकरण गर्ने क्रममा जलविद्युत क्षेत्रमा लगानी विस्तार बढाएकोे छ ।

यसैक्रममा बैंक र रसुवा हाइड्रोपावर लिमिटेडबीच नौकुण्ड गाउँपालिकास्थित, रसुवा जिल्लामा रहेको ७.२९ मेगावाट जलविद्युत उत्पादन क्षमता भएको फलाखु खोला जलविद्युत आयोजनामा ९५ करोड २० लाख रुपैयाँ लगानी गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

एक कार्यक्रमकाबीच उक्त समझदारी पत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र रसुवा हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष दीपक थापाले हस्ताक्षर गरेका छन् ।

नेपाल सरकारको स्वच्छ ऊर्जा उत्पादन लक्ष्यलाई सहयोग पुर्याउँदै दिगो ऊर्जा विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको यस जलविद्युत आयोजना दुई वर्षमा सम्पन्न गर्दै वार्षिक करिब ३८.७४G Wh विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
यस बैंकको नेतृत्वमा लगानी सुनिश्चित भएको यस जलविद्युत आयोजना निर्माण सम्पन्न पश्चात मुलुकमा स्वच्छ उर्जा उत्पादन भई मुलुकको आर्थिक वृद्धि र स्वच्छ वातावरणीय पक्षमा समेत विशेष टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  ६ : ४८ बजे

उद्धारपछि सञ्जय साह – ‘सबैलाई बचाउने क्रममा म आफैँ फसेँ, महामन्त्र जप गर्दै बसेँ’

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम

सङ्खुवासभामा शिक्षकको गोली हानी हत्या

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिकामा गोली प्रहारबाट एक शिक्षकको हत्या

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

काठमाडौँ । अस्पतालको भित्ता हराएका व्यक्तिहरुको तस्बिरले भरिएको छ ।