२१ जेष्ठ २०८३, बिहिबार | June 4, 2026

नेपालगन्जमा चराचुरुङ्गी बचाउ अभियान



नेपालगन्ज । नेपालगन्जमा चराचुरुङ्गी बचाउ अभियान सुरु गरिएको छ । बढ्दो गर्मीका कारण नेपालगन्ज क्षेत्रमा चराचुरुङ्गी पानीको अभावले सङ्कटमा पर्ने भन्दै यहाँका केही युवाले अभियान सुरु गरेका हुन् ।

नेपालगन्ज ग्यालरीका महेश श्रेष्ठले फालिएका प्लास्टिकका बोतलबाट चराचुरुङ्गीका लागि पानी पिउने व्यवस्था सुरु गरिएको जानकारी दिए । सार्वजनिक स्थानमा फालिएका प्लास्टिकका बोतल पुनःप्रयोग गरी विभिन्न स्थानमा चराचुरुङ्गीका लागि पानी राख्ने भाँडो तयार गरेर चराचुरुङ्गीलाई पानी दिन थालिएको उनको भनाइ छ ।

यो अभियानमा जनावर अधिकारकर्मी सुवास साहु र वातावरण अभियन्ता हेमन्तराज काफ्लेसमेत सहभागी छन् । अभियन्ता काफ्लेले गर्मीका बेला चराचुरुङ्गी, जनावर तथा कीरा फट्याङ्ग्राको जीवनप्रति संवेदनशील हुनुपर्ने उल्लेख गर्दै चराचुरुङ्गी, जनावर र कीरा पारिस्थितिक प्रणालीका महत्वपूर्ण अङ्ग भएको बताए ।

वातावरण संरक्षण र जैविक विविधता कायम राख्न यिनीहरूको भूमिका महत्वपूर्ण भएकाले यस्ता जीवको संरक्षण गर्नु साझा दायित्व भएको अभियन्ता काफ्लेले उल्लेख गरे । “गर्मी झन बढ्दै गएको छ । त्यसैले यो कार्यक्रमलाई निरन्तर अघि लैजानुपर्छ”, उनले भने । बढदो गर्मीका कारण जलसतह घट्दै गएकाले चापकल (धारा) मा पानी आउन कम हुँदै गएको बताउँदै उनले रुखमा राखिएको पानी खाने भाडोमा चराले पानी खाइरहेको सुन्दर दृश्य अहिले देख्न थालिएको उल्लेख गरे ।

नेपालगन्ज ग्यालरीका श्रेष्ठले बढ्दो गर्मीका कारण पानीको अभावमा चराचुरुङ्गी प्रभावित भइरहेका भन्दै फालिएका बोतलको पुनः प्रयोगमार्फत पानी पिउने व्यवस्था गरिएको उल्लेख गरे । उनले आगामी दिनमा प्रत्येक शनिबार चराचुरुङ्गी र जनावरका लागि पानी पिउने भाँडो निर्माण तथा व्यवस्थापन गर्ने अभियानलाई निरन्तरता दिइने जानकारी दिए । उनका अनुसार अहिले सुर्खेत रोडमा रहेका बोट तथा बिरुवामा त्यसरी राखिएको पानी राँझा चोकसम्म राख्ने लक्ष्य लिइएको छ ।

स्थानीय रूपमा यस अभियानको प्रशंसा गर्दै घर, पसल तथा सार्वजनिक स्थानमा पानीको व्यवस्था गरेर चराचुरुङ्गी र अन्य जीवजन्तुको जीवन रक्षा गर्न सहयोग गर्नुपर्ने बताइएको छ । बढ्दो तापक्रम र जलवायु परिवर्तनको प्रभावबीच नेपालगन्ज्मा सुरु भएको सो अभियानले मानव र प्रकृतिबीचको सहअस्तित्वलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार  ५ : १९ बजे

माछापुच्छ्रे बैंकको अग्राधिकार शेयर नेप्सेमा सूचीकृत

काठमाडौ । माछापुच्छ्रे बैंकको रु १०० अंकित दरका कुल ३,००,००,०००

नेपालगन्जमा चराचुरुङ्गी बचाउ अभियान

नेपालगन्ज । नेपालगन्जमा चराचुरुङ्गी बचाउ अभियान सुरु गरिएको छ ।

तीनकुनेबाट विस्थापित सुकुम्बासी युवकको उपचारका क्रममा मृत्यु

काठमाडौं । काठमाडौंको तीनकुने-गैरीगाउँ क्षेत्रबाट विस्थापित भएका एक सुकुम्बासी युवकको

परराष्ट्रमन्त्री शिशिर खनाल भोलीदेखी तीनदिने भारत भ्रमणमा जाने

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबारदेखि तीनदिने औपचारिक भ्रमणका लागि

शुक्रबार विदा दिने निर्णयबाट पछि हट्यो पालिका

खजुरा । देश मै पहिलो पटक मुस्लिम विद्यार्थीलाई नमाज पढ्न