१५ भदौ २०८३, सोमबार | August 31, 2026

मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने



काठमाडौं । नेकपा एमालेले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनप्रति गम्भीर असहमति जनाउँदै आवश्यक परे अदालत जाने चेतावनी दिएको छ ।

एमाले महासचिव शङ्कर पोखरेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा भदौ २३ र २४ गते भएका घटनाका विषयमा आयोगले तयार पारेको प्रतिवेदन पूर्वाग्रही, बदनियतपूर्ण तथा षड्यन्त्रमूलक रहेको दाबी गरेका छन् ।

एमालेले प्रतिवेदनमाथि पुनरावलोकन गर्न आयोगलाई आग्रह गर्ने निर्णय गरेको जनाएको छ । विज्ञप्तिमा विधिको शासन, संविधान र लोकतान्त्रिक मूल्यमान्यताको संरक्षणलाई केन्द्रमा राखेर आगामी रणनीति तय गरिने उल्लेख गरिएको छ ।

पार्टीले मुलुकमा विकसित राजनीतिक, संवैधानिक तथा लोकतान्त्रिक विषयमा विभिन्न राजनीतिक दल र सरोकारवालासँग संवाद तथा सहकार्य गर्दै साझा धारणा निर्माणका लागि वातावरण बनाउने पनि जनाएको छ ।

त्यस्तै, प्रतिवेदनबाट प्रभावित पक्षको तर्फबाट आयोगसमक्ष आपत्ति तथा पुनरावलोकनको माग गर्ने, संवैधानिक प्रश्न उठेमा न्यायिक पुनरावलोकनका लागि अदालत जाने र आवश्यक परे कानुनी उपचारका सबै विकल्प प्रयोग गर्ने एमालेको भनाइ छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार  ३ : २५ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति