५ श्रावण २०८३, मंगलबार | July 22, 2026

छानबिन गर्न गठित समितिको टोली मुस्ताङमा



मुस्ताङ । सशस्त्र प्रहरीले कोरलानाकाबाट भित्रिएका विद्युतीय सवारी साधन नियन्त्रणमा लिएपछि छानबिनका लागि गठित समिति आज मुस्ताङ पुगेको छ ।

विद्युतीय सवारी साधन नियन्त्रणमा लिएपछि अर्थमन्त्रालयले भन्सार विभाग, नीति तथा सञ्चालन महाशाखाअन्तर्गतको मूल्यांकन शाखाका प्रमुख समेत रहेका निर्देशक भुपालराज शाक्यको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

कोरलानाकाबाट पैठारी गरिएका विद्युतीय सवारीको अनुसन्धानका लागि शाक्य नेतृत्वको तीन सदस्यीय टोली आज बेनी—जोमसोम सडकमार्ग हुँदै मुस्ताङको जोमसोम आइपुगेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख बिदुर चुडालले जानकारी दिए ।

छानविन टोली मुस्ताङ आउनुअघि पर्वत र कास्कीमा सशस्त्र प्रहरीले नियन्त्रणका लिएका विद्युतीय सवारी साधनको अनुमगन समेत गरेको भन्सार प्रमुख चुडालले जानकारी दिए । चीनबाट पैठारी गरी नेपाल भित्रिएका विद्युतीय सवारी साधन आयातमा कैफियत रहे वा नरहेको भन्ने विषयमा टोलीले अनुसन्धान सुरु गरेको हो ।

टोलीले पोखरा हेम्जामा ९८ र पर्वतको कुश्मा १७ वटा विद्युतीय सवारीको अनुगमन गरेको छ । कोरलानाकाबाट भन्सार जाँचपास भई लोमान्थाङ हुँदै जोमसोम झारिएका २६६ वटा विद्युतीय सवारी साधनको समेत आजै टोलीले स्थलगत अनुगमन गरेका भन्सार प्रमुख चुडालले उल्लेख गरे । मुस्ताङको घरपझोङ–४ जोमसोमस्थित बसपार्क क्षेत्रमा पार्किङ गरी राखिएका उक्त सवारी साधनको अनुगमन गरिएको छ ।

छानविन टोली कोरलानाकामा राखिएका ३९४ वटा विद्युतीय सवारीको अनुगमनका लागि शनिबार बिहान त्यसतर्फ प्रस्थान गर्ने छ ।

गत भदौ ३१ गतेदेखि सञ्चालनमा आएको कोरलानाकाबाट गत जेठको दोस्रो साता चिनियाँ कम्पनी बिवाईडीले ७७५ वटा विद्युतीय सवारी साधन नेपाल भित्र्याएको थियो ।

कोरलानाकाबाट भित्रिएका ७७५ विद्युतीय सवारी साधनमध्ये ६४९ वटाको भन्सार जाँचपास भइसकेको सशस्त्र प्रहरी नायब निरीक्षक भेषराज गिरिले जानकारी दिए ।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार  १० : ५५ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं