१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

रास्वपाको प्रदेश अधिवेशन आजदेखि



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रदेश अधिवेशन आजदेखि देशभर सुरु हुँदैछ।

पार्टीका अनुसार प्रदेश अधिवेशनहरू असार १ गतेसम्म सम्पन्न हुनेछन् भने असार ७ देखि ९ गतेसम्म चितवनमा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आयोजना गरिनेछ।

प्रदेश अधिवेशनअन्तर्गत बागमती प्रदेशको पहिलो अधिवेशन आज हेटौंडामा हुँदैछ। अधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्ने कार्यक्रम छ ।

यसअघि रास्वपाले जेठ २३ र २४ गते देशभर जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ। प्रदेश अधिवेशनमार्फत चयन हुने नयाँ नेतृत्वले आगामी महाधिवेशनका लागि पार्टी संगठनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  ८ : १४ बजे

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से