१३ भदौ २०८३, शनिबार | August 30, 2026

दुग्ध क्षेत्रको विकासमा सक्रिय हुन बोर्डलाई कृषिमन्त्री चौधरीको निर्देशन



काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री तथा राष्ट्रिय दुग्ध विकास बोर्डकी अध्यक्ष गीता चौधरीले दुग्ध क्षेत्रको समग्र विकास, प्रवर्द्धन र व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न बोर्डलाई निर्देशन दिएकी छन् ।

बोर्डको अध्यक्षका रूपमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले दुग्ध क्षेत्रको विकासका लागि सरकारलाई नीतिगत सुझाव प्रदान गर्ने, उत्पादन तथा उपभोग वृद्धि गर्ने, गुणस्तर सुधार गर्ने, बजार व्यवस्थापनलाई सुदृढ बनाउने, आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याउने जिम्मेवारी बोर्डको रहेको बताइन् ।

उनले निजी तथा सरकारी दुग्ध व्यवसायीबीच समन्वय स्थापित गर्ने, दुग्ध विकाससम्बन्धी अध्ययन-अनुसन्धान गर्ने तथा आवश्यक तथ्यांकसहितको डेरी डाटाबेस तयार गर्ने कार्य पनि बोर्डका प्रमुख दायित्व रहेको उल्लेख गरिन् ।

मन्त्री चौधरीले बोर्ड स्थापना भएदेखि हालसम्म अपेक्षाअनुसार प्रभावकारी सेवा दिन नसकेको स्वीकार गर्दै संस्थाले लामो समयसम्म आफ्नो औचित्यता प्रमाणित गर्न नसकेको टिप्पणी गरिन् ।

उनका अनुसार दुग्ध उत्पादक किसान, सहकारी संस्था तथा निजी क्षेत्रका लागि बोर्ड आवश्यक भए पनि प्रभावकारी भूमिका निर्वाह गर्न नसक्दा समय–समयमा यसको आवश्यकता र अस्तित्वबारे प्रश्न उठ्ने गरेको छ ।

वर्तमान अवस्थालाई बोर्डका लागि “सुनौलो अवसर” को रूपमा व्याख्या गर्दै मन्त्री चौधरीले संस्थाको उद्देश्य र लक्ष्यलाई केन्द्रमा राखेर पुनःसंरचना गर्न तथा त्यसमार्फत बोर्डको आवश्यकता र औचित्यता स्थापित गर्न निर्देशन दिइन् ।

“बोर्डको पुनःसंरचनासँगै दुग्ध क्षेत्रको विकासमा प्रभावकारी योगदान पुर्‍याउन सकिने विश्वास लिएकी छु,” मन्त्री चौधरीले भनिन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  ६ : ३६ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ