२७ श्रावण २०८३, बुधबार | August 12, 2026

बुटवलमा विद्यालयस्तरीय राष्ट्रिय छात्र भलिबल प्रतियोगिता बिहीबारदेखि



बुटवल । मदन भण्डारी स्पोर्टस् एकेडेमीले मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसर पारेर विद्यालयस्तरीय राष्ट्रिय छात्र भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । १९ वर्षमुनिका छात्र खेलाडीलाई लक्षित गर्दै आयोजना गरिएको प्रतियोगिता बिहीबारदेखि बुटवलमा सुरु हुने भएको हो ।

बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुव आचार्यले विद्यालय तहबाटै भलिबल खेलको विकास र प्रतिभा पहिचान गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागिएको जानकारी दिए ।

प्रतियोगितामा देशभरका आठ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीमा न्युटन हाई स्कूल (बागमती), पोखरा युनाइटेड क्लब (कास्की), इन्सपिरेसन इङ्लिस स्कूल (झापा), न्यू होराइजन स्कूल (बुटवल), दीप बोर्डिङ हाई स्कूल (बुटवल), मणिमुकुन्द कलेज (बुटवल), मण्डला स्पोर्टस् एकेडेमी (पाल्पा) र नवलपुर एकेडेमी रहेका छन् ।

कार्यक्रम संयोजक राम केसीका अनुसार प्रतियोगिताको विजेता टोलीले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । यस्तै उपविजेताले ५० हजार, तृतीय स्थान हासिल गर्ने टोलीले ३० हजार तथा सान्त्वना हुने टोलीले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको छ । उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने बेस्ट प्लेयर, बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट ब्लकर र बेस्ट डिफेन्डरलाई जनही पाँच हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने एकेडेमीका केन्द्रीय सचिवालय सदस्य विनोद आचार्यले जानकारी दिए ।

पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू बुटवलस्थित न्यू होराइजन विद्यालयको खेल मैदानमा हुनेछन् । मदन भण्डारी स्पोर्टस् एकेडेमीले खेलकुद क्षेत्रको विकास र युवा प्रतिभाको प्रोत्साहनका लागि हरेक वर्ष विभिन्न प्रतियोगिताहरू आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार  ७ : ०९ बजे

मदन भण्डारीले बुटवलमा अन्तराष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने

बुटवल । नेपालको राष्ट्रिय खेल भलिबललाई अन्तराष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उदेश्यका

सुनको मूल्य रु पाँच हजार दुई सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु पाँच

पर्सा राष्ट्रिय निकुञ्जमा ‘बाघ मित्र’ अभियान

जनकपुरधाम । बाघको सङ्ख्या बढेसँगै पर्सा राष्ट्रिय निकुञ्जले ‘बाघ मित्र’

अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक

आज राष्ट्रियसभामा तीन विधेयक पेश हुँदै, आजै सातवटा संसदीय समितिको बैठक पनि

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दैछ