१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षकको एकैपटक सरुवा (सूचीसहित)



काठमाडौं । नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागले एकैपटक ठूलो संख्यामा प्रहरी निरीक्षकहरूको सरुवा गरेको जनाएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी महानिरीक्षकको जेठ २७ गतेको निर्णयअनुसार सरुवा सूची सार्वजनिक गरिएको हो । सरुवा भएका प्रहरी निरीक्षकहरूले असार महिनादेखिको तलबभत्ता तथा अन्य सेवासुविधा सरुवा भएको दरबन्दीबाट बुझ्ने व्यवस्था गरिएको छ ।

नेपाल प्रहरीमा संगठनात्मक आवश्यकता, जनशक्ति व्यवस्थापन तथा कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले नियमित रूपमा सरुवा प्रक्रिया सञ्चालन हुँदै आएको छ । यसपटकको निर्णयअनुसार देशका विभिन्न प्रहरी कार्यालय, इकाइ तथा विभागमा कार्यरत प्रहरी निरीक्षकहरूको जिम्मेवारी हेरफेर गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले सरुवा भएका प्रहरी निरीक्षकहरूलाई तोकिएको दरबन्दीमा समयमै हाजिर भई जिम्मेवारी सम्हाल्न निर्देशन दिएको छ ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार  ७ : ५९ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा