१४ भदौ २०८३, आइतबार | August 30, 2026

केही नेपाल ऐन संशोधन विधेयकमाथि सर्वसाधारणसँग राय माग



काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा विधायन ऐन, २०८१’ मा सर्वसाधारणसमक्ष राय माग गरिएको छ ।

मन्त्रालयले बिहीबार विभिन्न २० वटा ऐन संशोधनमाथि एक साताभित्र तोकिएको भाषा र ढाँचामा राय उपलब्ध गराउन सर्वसाधारणसमक्ष अनुरोध गरेको मन्त्रालयका प्रवक्ता दलबहादुर अधिकारीले जानकारी दिए ।

संशोधनका लागि राय माग गरिएको कानुनहरुमा कर्मचारी सञ्चय कोष ऐन, २०१९, जग्गा (नाप जाँच), २०१९, भूमिसम्बन्धी ऐन, २०२१, शिक्षा ऐन, २०२८ मा संशोधन, मालपोत ऐन, २०३४ मा संशोधन, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०४५, नागरिक लगानी कोष ऐन, २०४७, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, २०४८ रहेको छ ।

त्यसैगरी, निजामती सेवा ऐन, २०४९ मा संशोधन, विश्वविद्यालय अनुदान आयोग ऐन, २०२५, स्वास्थ्य सेवा ऐन, २०५३ मा संशोधन, वैदेशिक रोजगार ऐन,२०६४, सङ्घीय संसद् सचिवालयसम्बन्धी ऐन, २०६४ बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१, योगदानमा आधारित समाजिक सुरक्षा ऐन, २०७४, राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ रहेका छन् ।

साथै, भूउपयोग ऐन, २०७६, वन ऐन, २०७६, बिमा ऐन, २०७९ मा संशोधन र विधायन ऐन,२०८१ मा संशोधनका लागि सर्वसाधारणमा राय माग गरिएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार  १२ : ४८ बजे

भोटेकोशी बाढी : खोज, उद्धार र राहत प्रभावकारी बनाउन रास्वपा सभापतिको निर्देशन

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार प्रयास जारी, सुरुङको ‘ब्रेक–थ्रु’

काठमाडौं । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा

कृष्णभीरमा पुरै सडक भासियो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका

त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा