३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

सुनचाँदीको मूल्य आज पनि बढ्यो, तोलामा कति ?



काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढिरहेकाले त्यसको प्रभाव स्वदेशी बजारमा पनि देखिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेर २ लाख ९२ हजार २०० रुपैयाँ पुगेको छ। शुक्रबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।

यसअघि शुक्रबार मात्रै सुनको मूल्य एकै दिन प्रतितोला ५ हजार ३०० रुपैयाँले उकालो लागेको थियो।

चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला ४ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ५५ रुपैयाँले बढेर ४ हजार ८९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार २११ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ। विश्व बजारमा सुनको मूल्य वृद्धिसँगै नेपाली बजारमा पनि सुनचाँदीको भाउ लगातार उकालो लागिरहेको छ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार  ११ : ०४ बजे

विराटनगरमा देउवा-कोइराला-सिटौला पक्षको भेला, संस्थापनलाई दबाब

विराटनगर । नेपाली कांग्रेसका संस्थापनइतर तथा असन्तुष्ट समूहले आइतबार कोशी

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली

वन कर्मचारीले भीरबाट टेम्पो खसालेपछि दिए स्पष्टीकरण – ‘हामीले खसालेका हैनौं’

कैलाली । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे

फिफा विश्वकप : अस्ट्रेलियाको शानदार जित, टर्किए २-० ले पराजित

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह डीको खेलमा अस्ट्रेलियाले टर्किएलाई २–०

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा