३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका पहिलो सरकार भएको बताएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र कोशी प्रदेश प्रहरी कार्यालयद्वारा आज यहाँ आयोजित कोशी प्रदेशस्तरीय ‘अपराध अनुसन्धान समीक्षा’ गोष्ठीको उद्घाटन गर्दै उनले प्रहरी सङ्गठनमाथि उठेको प्रश्न र जिज्ञासाप्रति सङ्गठन जिम्मेवार बत्रुपर्ने विचार राखे ।

मुख्यमन्त्री कार्कीले प्रहरी सङ्गठनलाई बलियो बनाउने समयमा नियन्त्रणमा राख्ने सोच र प्रवृत्तिले अपराध अनुसन्धानमा गम्भीर असर पर्ने भन्दै सङ्गठनलाई समयानुकूल बनाउन साधन, स्रोत र व्यवस्थापकीय कमी कमजोरीलाई राज्यले पूरा गर्नुपर्ने धारणा राखे ।

उनले प्रहरीको नीति र ऐनलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँदै ‘डिएनए’ परीक्षण गर्ने प्रयोगशाला निर्माण र ‘डिजिटल’ प्रणालीमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले समाजमा शान्तिसुरक्षा स्थापना गर्न र सुशासनअन्तर्गत अपराध अनुसन्धानमा प्रहरी सङ्गठनले इमान्दारीपूर्वक आफ्ना जिम्मेवारी निर्वाह गरिरहेको धारणा राख्दै प्रहरीले अनुसन्धानमा त्रुटि हुन नदिन र कानुनको परिधिभित्र रही काम गर्न सुझाव दिए ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख विनोद घिमिरेले अपराध अनुसन्धामा देखिने त्रुटि र कमीकमजोरीलाई निवारण गर्न गोष्ठी फलदायी बत्रे विश्वास व्यक्त गरे ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले प्रहरीको सफल अनुसन्धानबाट नै पीडित नागरिकले न्याय पाउने भएकाले यसतर्फ गम्भीर बत्रुपर्ने धारणा राखे ।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले विज्ञान, सूचना प्रविधि एवं सञ्चारले मानव जीवनलाई सहज बनाएपनि अपराध अनुसन्धानतर्फ जटिलता र चुनौती थपिएको जानकारी दिए ।

उनले प्रमाणका आधारमा अनुसन्धानसहित क्षमता विकास जरुरी रहेको चर्चा गर्दै गोष्ठीबाट आउने निष्कर्षले अपराध अनुसन्धानमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

अनुसन्धान विभागका वरिष्ठ प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले सुशासनको अनुभूति भएमा मात्र जनताले राज्यप्रति विश्वास गर्ने बताए ।

जिल्ला अदालत मोरङका न्यायाधीश दुर्गाबहादुर भुसालले न्याय जहिले पनि अनुसन्धानको घेराभित्र रहने भएकाले प्रहरीले गर्ने अनुसन्धानमा गम्भीर हुनुपर्ने धारणा राखेका थिए । अपराधीले पनि विज्ञान र प्रविधिको प्रयोग गर्नाले अनुसन्धामा थप चुनौती छ भन्दै अनुसन्धानलाई गुणस्तरीय बनाउन प्रहरी सङ्गठनले अन्तर निकायसँग सहकार्य एवं सम्बन्धलाई सुमधुर बनाउनुपर्नेमा जोड दिए ।

एकदिने सो गोष्ठीमा कोशी प्रदेशका सबै जिल्लाका प्रहरी उपरीक्षक तथा अनुसन्धान अधिकृतहरुको सहभागिता छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार  १ : ३७ बजे

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा

अदालतको निर्णयले पार्टी टुक्रियो, अब एकता नै विकल्प : शशांक कोइराला

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेस

लुम्बिनी प्रदेशको बजेट भोलि प्रस्तुत हुँदै, कृषि, रोजगारी र पूर्वाधारमा जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर, सयभन्दा बढी लाभान्वित

काठमाडौं । नेपालस्थित पाकिस्तान दूतावास र पाकिस्तान नेपाल एलुम्नाइ नेटवर्क

रोट्रयाक्ट युथ आइकन-२०८३ को उपाधि सबिता पोख्रेललाई

बुटवल । रोट्रयाक्ट युथ आइकन-२०८३ को उपाधि सबिता पोख्रेलले जितेकी