१४ भदौ २०८३, आइतबार | August 30, 2026

नेपालगन्जमा महिला तथा पुरुष फाईव एन्ड साईड हक्की प्रतियोगिता सुरु



नेपालगन्ज । नेपालगन्जमा आजदेखि प्रथम मेयर कप महिला तथा पुरुष फाईव एन्ड साईड हक्की प्रतियोगिता–२०८३ सुरु भएको छ। नेपालगन्ज उप-महानगरपालिकाको सहयोग तथा पूर्व खेलाडी समाज बाँकेको आयोजनामा हक्की प्रतियोगिता–२०८३ सुरु भएको हो।

प्रतियोगिताको नेपालका पूर्व अन्तर्राष्ट्रिय भलिबल रेफ्री अजीत कुमार शर्माले उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै शर्माले हक्की खेलको विकास र विस्तारका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले खेलकुदले अनुशासन, मित्रता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने भएकाले युवापुस्तालाई खेलतर्फ आकर्षित गर्न आवश्यक रहेको धारणा राखे। उनले पूर्व खेलाडी समाज बाँकेले विभिन्न खेलकुद गतिविधि सञ्चालन गरी खेल क्षेत्रको विकासमा पुर्‍याएको योगदानको प्रशंसा समेत गरे।

आज सम्पन्न खेलहरूको नतिजाअनुसार महिलातर्फ पहिलो खेलमा त्रिभुवन चोक क्लबले बाबु गाउँ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण ३ अंक हात पार्यो। दोस्रो खेलमा बाँके गाउँ क्लबले महेन्द्र पार्क क्लबलाई १–० गोल अन्तरले हराउँदै ३ अंक बटुल्न सफल भयो।

पुरुषतर्फ पहिलो खेलमा बाँके गाउँ क्लब र महेन्द्र पार्क क्लबबीच १–१ गोलको बराबरी भएपछि दुवै टोलीले १र१ अंक बाँडे। दोस्रो खेलमा बाबु गाउँ क्लबले त्रिभुवन चोक क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै ३ अंक प्राप्त गर्यो।

प्रतियोगिता असार ४ र ५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा ४ महिला तथा ४ पुरुष टोलीको सहभागिता रहेको छ। खेलहरू लिग कम नक–आउट प्रणालीमा सञ्चालन भइरहेको छ।

उदघाछन समारोहको सभापतित्व ग्रहण गर्दै समाजका सभापति श्रेष्ठले बाँके जिल्लामा हक्की खेलको पुनर्जागरण र खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उनले खेलकुदमार्फत युवाहरूलाई सकारात्मक मार्गतर्फ उन्मुख गराउने तथा खेल संस्कृतिको विकास गर्ने लक्ष्यका साथ आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए । साथै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने नेपालगन्ज् उपमहानगरपालिका, सहभागी टोली, खेलाडी, प्रशिक्षक तथा सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रमको सञ्चालन पूर्व खेलाडी समाज बाँकेका सचिव नरेन्द्र थापाले गरेका थिए । आयोजकका अनुसार प्रतियोगिताका बाँकी खेलहरू आज बेलुका ६ बजेदेखि पुनः सञ्चालन हुनेछन्।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  १ : ३४ बजे

भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा पुनः बाढी आएको छ । ल्हेन्दे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,