९ भदौ २०८३, मंगलबार | August 26, 2026

आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त



नारायणगढ । कृषि तथा वनविज्ञान विश्वविद्यालयले शनिवार हुने आफ्नो पाँचौँ दीक्षान्त समारोहको तयारी पूरा गरेको छ ।

विश्वविद्यालयका रजिष्ट्रार प्राडा सुविर सिंहका अनुसार यस वर्ष विभिन्न सङ्काय र कार्यक्रमबाट उपाधि प्राप्त गरेका कुल २,१९३ विद्यार्थी दीक्षान्त समारोहमा दीक्षित हुन योग्य भएका छन् । दीक्षित हुनेमा स्नातक तहका १,८३६ जना, स्नातकोत्तर तहका ३२७ र विद्यावारिधि तहका ३० जना उच्च तहका प्राविधिक तथा वैज्ञानिक जनशक्ति छन् ।

रजिष्ट्रार प्राडा सिंहक अनुसार पाँचौँ दीक्षान्त समारोहमा कृषि सङ्कायतर्फ कृषि स्नातक मा १,३७२, स्नातकोत्तरमा २१२ र विद्यावारिधितर्फ १९ योग्य भएको जानकारी दिए । त्यस्तै, पशुविज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान सङ्कायतर्फ पशु चिकित्सा तथा पशुपालन स्नातक मा ९७, पशु चिकित्सा स्नातकोत्तरमा ५१ र पशु चिक्तिसा÷पशु विज्ञान विद्यावारिधि मा २३ जना दीक्षित हुँदैछन् ।

सोही सङ्कायको मत्स्य विज्ञान स्नातकमा छ, स्नातकोत्तरमा २० र विद्यावारिधिमा ११ जना छन् । वन विज्ञान सङ«काय ९हेटौँडा०तर्फ वन विज्ञान स्नातक ९बीएस्सी फरेष्ट्री० मा ३४८, स्नातकोत्तरमा ३० विद्यावारिधि तर्फ तीन जना विद्यार्थी यस पटक दीक्षित हुन योग्य भएका छन् ।

विसं २०६७ असारमा स्थापना भएको यस विश्वविद्यालयले आफ्नो स्थापनाको १६ वर्ष पूरा गरेको छ । यस अवधिमा विश्वविद्यालयले देशको कृषि, पशुविज्ञान, मत्स्यपालन र वन विज्ञान क्षेत्रको विकासका लागि उल्लेखनीय जनशक्ति उत्पादन गर्न सफल भएको छ । विश्वविद्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार स्थापना कालदेखि हालसम्म विभिन्न सङ्काय र तहमा गरी कुल ५,९०६ जना दक्ष जनशक्ति उत्पादन भइसकेका छन् ।

मुलुकका लागि आवश्यक पर्ने उच्च तहको प्राविधिक तथा वैज्ञानिक जनशक्ति उत्पादन गरेर विश्वविद्यालयले देशको कृषि र वन क्षेत्रको रूपान्तरणमा ठूलो योगदान पु¥याउँदै आएको रजिष्ट्रार सिंहले बताए ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ६ : २२ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त