१३ भदौ २०८३, शनिबार | August 29, 2026

देवनगरमा ‘टाइगर सेन्चुरी’ बनाएर बाघ व्यवस्थापनको तयारी गर्दै सरकार



काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनसम्बन्धी विषयमा सरोकार भएका निकायमा प्रतिनिधिसँग छलफल गरेकी छिन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनका लागि चितवन पुगेकी मन्त्री चौधरीले भ्रमणका क्रममा जैविक विविधता संरक्षण, समस्याग्रस्त वन्यजन्तुको व्यवस्थापन, वैज्ञानिक अनुसन्धान र मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपायबारे विस्तृत जानकारी लिएकी हुन ।

भ्रमणका क्रममा वन्यजन्तु र मानवबीचको सहअस्तित्व कायम गर्न सरकारले चाल्नुपर्ने सम्पूर्ण कदम दृढताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । मन्त्री चौधरीले चितवनको देवनगरमा प्रस्तावित ‘टाइगर सेन्चुरी’ निर्माणस्थलको स्थलगत अवलोकन गरिन । सरकारले देवनगरमा टाइगर सेन्चुरी बनाउने योजना अघि सारिरहेको छ ।

देशभर करिब एक दर्जनभन्दा बढी समस्याग्रस्त बाघे इन्क्लोजर (चिडियाखाना, आरक्ष वा कुनै निश्चित क्षेत्रमा जनावरलाई सुरक्षित राख्न वा सर्वसाधारणबाट अलग गर्न बनाइएको घेरा, खोर वा पर्खाल) मा राखिएका छ । तिनको व्यवस्थापन खर्चिलो बन्दै गएको पृष्ठभूमिमा सरकारले देवनगरमा करिब ५० हेक्टर क्षेत्रफलमा टाइगर सेन्चुरी बनाउने योजना अघि सारेको हो ।

मन्त्री चौधरीले टाइगर सेन्चुरी निर्माण भएमा समस्याग्रस्त र घाइते बाघले प्राकृतिक वातावरण पाउने मात्र नभई पर्यापर्यटनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरिन । उनले यसका लागि आवश्यक योजनाबारे निकुञ्ज प्रशासनसँग छलफलसमेत गरेकी हुन ।

यसैगरी मन्त्री चौधरीले चितवनको खोरसोरमा रहेको हात्ती प्रजनन केन्द्रका समस्या र आवश्यकताका बारेमा जानकारी पनि लिएकी छिन । स्थापनाको ३३ वर्षमा ६८ वटा हात्तीका छावा जन्माएर संरक्षणमा योगदान पुर्याएको प्रजनन केन्द्रका बारेमा उठेका प्रश्नलाई पनि उनले सम्बोधन गर्ने प्रयास गरिन । उनले केन्द्रमा माउ तथा छावाको स्वास्थ्य, आहारा व्यवस्थापन र कार्यक्षेत्रका चुनौतीबारे निकुञ्जका अधिकारीसँग छलफल गरेकी थिईन ।

चितवनको राष्ट्रिय निकुञ्जको कार्यालय भ्रमण गर्दै मन्त्री चौधरीले घडियाल प्रजनन केन्द्र पनि भ्रमण गरेकी थिईन । उनले घडियाल गोहीको संरक्षण र सङ्ख्या वृद्धिका लागि सञ्चालित कार्यक्रमले नदी तटीय क्षेत्रको पारिस्थितिकीय प्रणाली सुधारमा जोड दिईन ।

सोहीअवसरमा चितवनको टिकौलीस्थित पञ्चकन्या सामुदायिक वन (रत्नगर क्षेत्र)मा कृष्णसार स्थानान्तरणका लागि भइरहेको अन्तिम तयारीको मन्त्रालयको टोलीले निरीक्षण गरेको थियो । पर्यापर्यटन एवं संरक्षणको उद्देश्यका कृष्णसार ल्याउने मन्त्रालयको तयारी छ ।

मन्त्री चौधरीले कृष्णसारको सुरक्षित बासस्थान सुनिश्चित गर्न निर्देशन दिएकी थिईन । टिकौलीमा रहेको सशस्त्र वन रक्षक तालिम केन्द्रको निरीक्षण गरी वन रक्षकहरूको क्षमता अभिवृद्धि, भौतिक पूर्वाधार र वन्यजन्तु अपराध नियन्त्रणका लागि तालिमको आधुनिकिकरण हुनुपर्नेमा जोड दिईन ।

अनुसन्धान र प्रविधिको पाटोलाई नियाल्दै मन्त्री चौधरीले चितवनमा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको अत्याधुनिक वन्यजन्तु जेनोमिक ल्याबको भ्रमण गरिन । वन्यजन्तुको अनुवांशिक अध्ययन र वैज्ञानिक अनुसन्धानका गतिविधिबारे जानकारी लिँदै उनले तथ्यमा आधारित संरक्षण नीति निर्माण गर्न यो प्रयोगशाला महत्त्वपूर्ण रहेको बताईन ।

भ्रमणको क्रममा चितवन राष्ट्रिय निकुञ्जका चिफ वार्डेन, डिभिजन वन कार्यालय चितवनका प्रमुख तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिवलगायतका उच्च अधिकारी थिए । मन्त्री चौधरीले संरक्षणका विविध आयाम र नीतिगत सुधारका विषयमा निर्देशन दिँदै समुदायमा आधरित कार्यक्रममा जोड दिईन ।

स्थानीयसँगको अन्तरक्रियामा मन्त्री चौधरीले मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण गरी सहअस्तित्व कायम गर्न सरकारले राहत, उद्धार र दीर्घकालीन पूर्वाधारका काम प्राथमिकताका साथ गर्ने प्रतिबद्धता व्यक्त गरिन ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ६ : १० बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ