काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत सोमबारका लागि तय गरिएको बन्दसत्र स्थगित भएको छ । महाधिवेशन प्रतिनिधिसम्बन्धी विवाद टुंगिन नसकेपछि बन्दसत्र निर्धारित समयमा सुरु हुन नसकेको हो ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार बन्दसत्र अब मंगलबार बिहानबाट सुरु गरिनेछ । प्रतिनिधि चयन तथा नामावलीसम्बन्धी विवाद समाधान हुन नसक्दा बन्दसत्र प्रभावित भएको जनाइएको छ ।
बन्दसत्र स्थगित भएसँगै निर्वाचन कार्यतालिका पनि प्रभावित भएको छ । यसका कारण रास्वपाको महाधिवेशन निर्धारित समयभन्दा एक दिन लम्बिने सम्भावना देखिएको छ । महाधिवेशनले पार्टीको नयाँ कार्यसमिति चयन गर्नेछ । नेतृत्व चयनका साथै पार्टीको भावी नीति तथा संगठनात्मक विषयमा पनि बन्दसत्रमा छलफल हुने कार्यक्रम रहेको छ ।
रास्वपाको महाधिवेशनको उद्घाटन आइतबार पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त रूपमा गरेका थिए ।



















प्रतिक्रिया