१३ भदौ २०८३, शनिबार | August 29, 2026

नगरकोटमा झैझगडाका क्रममा चक्कु प्रहार, एक युवकको मृत्यु



भक्तपुर । भक्तपुर नगरपालिका-१ स्थित नगरकोटमा सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहार हुँदा एक युवकको मृत्यु भएको छ । जिल्ला महोत्तरी मिथिला नगरपालिका-९ घर भई हाल नगरकोट मोड बस्ने २८ वर्षीय आकाश रसाइलीमाथि गएराति करिब १० बजे चक्कु प्रहार भएको हो ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि केएमसी अस्पताल सिनामंगल लगिएकोमा आज बिहान ६:१५ बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आरोपमा उदयपुर त्रियुगा नगरपालिका-१३ घर भई हाल भक्तपुर सल्लाघारी बस्ने ३१ वर्षीय आयुष कार्की, झापा दमक नगरपालिका-३ घर भई हाल सल्लाघारी बस्ने २७ वर्षीय दोर्जे शेर्पा र गुल्मी तम्घास घर भई हाल सल्लाघारी बस्ने ३५ वर्षीय रमेश कुँवरलाई नियन्त्रणमा लिइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ९ : २० बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ