९ भदौ २०८३, मंगलबार | August 26, 2026

तिलोत्तमामा नेवारी परिकार बनाउने प्रशिक्षण सम्पन्न



तिलोत्तमा । नेवाः देय् दबु तिलोत्तमाको आयोजनामा सञ्चालित १० दिने नेवारी पाकशिक्षा तथा युवा स्वरोजगार कार्यक्रम सम्पन्न भएको छ। स्थानीय २६ जना युवाहरुलाई नेवारी परिकार पकाउने बिधि सिकाउँदै पाकशिक्षा तथा युवा स्वरोजगार कार्यक्रम सम्पन्न भएको हो ।

समापनक कार्यक्रमलाई सम्बोधन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम खनालले सीमित बजेटका बाबजुद प्रभावकारी कार्यक्रम सञ्चालन भएको उल्लेख गरे । उनले यस्ता सीपमूलक तथा स्वरोजगारमुखी कार्यक्रमका लागि नगरपालिकाले आगामी दिनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले स्वरोजगारका अवसर सिर्जना गर्नु भनेको देशभित्रै रोजगारी प्रवर्द्धन गर्नु भएको धारणा राखे।

नेवाः देय् दबु रुपन्देहीका जिल्ला उपाध्यक्ष लक्ष्मण श्रेष्ठले नेवारी संस्कृति र खानपानको संरक्षण तथा प्रवर्द्धनमा यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने बताए। जिल्लामै पहिलो पटक विधिपूर्वक सञ्चालन गरिएको पाकशिक्षा कार्यक्रमले नेवारी परिकारको प्रचारप्रसारमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै यसको निरन्तरतामा जोड दिए।

नेवाः देय् दबु बुटवल नगर समितिका अध्यक्ष सुन्दर श्रेष्ठले नेवारी खानाको अपेक्षाअनुसार प्रचारप्रसार हुन नसकेको उल्लेख गर्दै तिलोत्तमामा सञ्चालन गरिएको यस कार्यक्रमले नेवारी परिकारको प्रवर्द्धन र विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रमका अध्यक्ष तथा नेवाः देय् दबु तिलोत्तमाका अध्यक्ष दिनेश कक्षपतिले नेवारी पाककला मार्फत युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्य सफल भएको बताए । प्रशिक्षार्थीहरूले सिकेका सीपलाई व्यवहारमा उतार्दै नेवारी खानाको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने उनले विश्वास व्यक्त गरे ।

१० दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रममा २६ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो। पाकशिक्षामा लखमरी, सेलरोटी, बारा, छोयला, योमरी, चटामरी, समयबजी सेट जस्ता परिकारहरु तयार गर्न प्रशिक्षार्थीहरुलाई सिकाइएको थियो ।

समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण खलः पुचः, शुभेच्छुक, प्रशिक्षक तथा नेवाः देय् दबु तिलोत्तमा नगर समितिका पदाधिकारी एवं सदस्यहरूलाई धन्यवाद ज्ञापन गरेको छ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ३ : ४७ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त