चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ९९ सदस्यीय केन्द्रीय समितिका लागि चार सयभन्दा बढीले उम्मेद्वारी दर्ता गराएका छन् ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मनोनयन दर्ता प्रक्रिया राति अबेरसम्म जारी रहेकाले उम्मेदवारहरूको पहिलो चरणको नामावली प्रकाशनको तयारी भइरहेको छ ।
उनले भने, “एकिन संख्या निकाल्दै छौँ, चार सयभन्दा बढीको उम्मेद्वारी परेको छ। आज बिहान ९ बजे नामावली प्रकाशन गरिनेछ ।”
रास्वपाको विधानअनुसार निर्वाचित ९९ जना केन्द्रीय सदस्यहरूमध्येबाट पदाधिकारी चयन गरिनेछ। पदाधिकारी चयन प्रक्रिया भने दोस्रो चरणमा सञ्चालन हुने जनाइएको छ ।
निर्वाचनका लागि विद्युतीय मतदान प्रणाली प्रयोग गरिनेछ। विदेशमा रहेका प्रतिनिधिहरूले मोबाइल एपमार्फत मतदान गर्न सक्ने व्यवस्था गरिएको छ ।
पार्टीका करिब चार हजार प्रतिनिधिले मतदान गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।



















प्रतिक्रिया