९ भदौ २०८३, मंगलबार | August 26, 2026

आज निर्जला एकादशी : तुलसीको दल राख्ने विशेष दिन



काठमाडौं । आज ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । भगवान् विष्णुको प्रिय तिथिका रूपमा मानिने यस दिन भक्तजनले उपवास बसेर श्रीहरिको पूजा-आराधना गर्ने परम्परा रहिआएको छ ।

धार्मिक मान्यताअनुसार निर्जला एकादशीमा पानीसमेत त्याग गरी कठोर व्रत बस्ने, पवित्र नदी वा तीर्थस्थलमा स्नान गर्ने तथा जल, अन्न, वस्त्र, छाता र आसनलगायत सामग्री दान गर्ने चलन छ। विशेषगरी आज जल वा शर्बतले भरिएको घडा दान गर्दा भगवान् विष्णुको विशेष कृपा प्राप्त हुने विश्वास गरिन्छ ।

यसै दिन तुलसीको दल (बिउ) राख्ने परम्परा पनि छ । आज राखिएको तुलसीको दल आगामी हरिशयनी एकादशीमा मठमा रोपिन्छ भने हरिबोधिनी एकादशीका दिन भगवान् विष्णुसँग तुलसी विवाह गर्ने धार्मिक परम्परा रहेको छ ।

शास्त्रअनुसार अन्य एकादशीमा व्रत बस्न नसक्ने व्यक्तिले पनि निर्जला एकादशीको व्रत गरे वर्षभरिका एकादशी व्रतको समान पुण्य प्राप्त हुने विश्वास छ । यस दिन भगवान् विष्णुको पूजा, हरिनाम संकीर्तन, विष्णु सहस्रनाम पाठ तथा रात्रि जागरणलाई विशेष फलदायी मानिन्छ ।

तुलसी दल राख्ने विधि

बिहान स्नान गरी पूजा स्थल शुद्ध गर्ने ।
भगवान् विष्णु, नारायण, श्रीकृष्ण वा शालिग्रामको पूजा गर्ने ।
श्रद्धापूर्वक तुलसीको दल सङ्कलन गर्ने ।
“ॐ नमो नारायणाय” वा “ॐ नमो भगवते वासुदेवाय” मन्त्र जप गर्दै तुलसी अर्पण गर्ने ।
विष्णु सहस्रनाम वा हरिनाम संकीर्तन गर्ने ।
पूजा सम्पन्न भएपछि तुलसी प्रसाद ग्रहण गर्ने ।

धार्मिक महत्व

तुलसीलाई देवीस्वरूप मानिने भएकाले एकादशीका दिन भगवान् विष्णुलाई तुलसी अर्पण गर्दा विशेष पुण्य प्राप्त हुने विश्वास छ । निर्जला एकादशीको व्रतले पाप क्षय, मनोकामना सिद्धि तथा आध्यात्मिक उन्नति हुने उल्लेख विभिन्न धार्मिक ग्रन्थहरूमा पाइन्छ ।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  ८ : ३२ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त