२७ श्रावण २०८३, बुधबार | August 12, 2026

शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड



काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा जोड दिएका छन ।

मदन भण्डारी मेमोरियल कलेजको रजत महोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा उनले कृत्रिम बौद्धिकता र आधुनिक प्रविधिलाई विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षासँग जोड्नुपर्ने बताए ।

शिक्षा क्षेत्रमा नवप्रवर्तनको कमी रहेको उल्लेख गर्दै उनले डिजिटल शिक्षामार्फत त्यसको परिपूर्ति गर्नुपर्नेमा जोड दिए । शिक्षालाई अनुशासन, अनुसन्धान र नवप्रवर्तनसँग जोडेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

“शिक्षाले विनम्रता, अनुशासन र सामाजिक उत्तरदायित्वको भावना विकास गर्छ । बहुजातीय मुलुकमा शिक्षा नै सद्भावको आधार हो । राष्ट्र निर्माणमा शिक्षाले महत्वपूर्ण योगदान दिन सक्नुपर्छ । भविष्य निर्माणका लागि शिक्षा क्षेत्रमा सुधार आवश्यक छ । युवालाई स्वरोजगारतर्फ उन्मुख बनाउन शिक्षाले सहयोग गर्नुपर्छ । प्रमाणपत्र प्राप्तिमा मात्र सीमित नभई गुणस्तरीय शिक्षामा जोड दिनुपर्छ । शिक्षक राष्ट्र निर्माणका अभियन्ता हुन् र विश्वविद्यालयलाई अनुसन्धानको केन्द्रका रूपमा विकास गरिनुपर्छ,” उपराष्ट्रपति यादवले भने ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले सहज र सुलभ रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्ने आफ्नो अभियानलाई मदन भण्डारी मेमोरियल कलेजले निरन्तरता दिएको बताए । कलेजलाई आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्ने उनको प्रतिबद्धता थियो ।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति दीपक अर्यालले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त करिब ४५० सामुदायिक क्याम्पसमध्ये मदन भण्डारी मेमोरियल कलेजको स्थान उच्च दशमा उत्कृष्ट शैक्षिक प्रतिष्ठानमा रहेको बताए ।

क्याम्पस प्रमुख बाबुराम अधिकारीले कलेज स्थापनाकालदेखि हालसम्मका गतिविधिबारे जानकारी दिए ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  २ : ४७ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको